गोरखा । गोरखा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।भाइटीकाको दिन साँझ उनको निधन भएको हो । घरमै बसिरहेको बेला दिउँसो एक्कासी लडेर बेहोस भएपछि उनलाई गोरखा अस्पताल पुर्याइएको थियो ।
त्यस्तै गोरखा अस्पतालका अनुसार अस्पताल पुग्नुअघि नै उनको निधन भइसकेको थियो । मृत्युको कारण भने अझै खुल्न सकेको छैन ।
युवा संघ नेपालका केन्द्रीय पदाधिकारी समेत रहेका उनी नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । रानाको शव पोष्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ ।अनलाइनखबर