
Lnp
Rgp
Ggp
Sgr
Rgp1
Gfs
sbs
Unsku
Pbu
cjs
Djs
Srbpu
pku
Pes

Ksm
Hal
Gst
Tsm
Ssm
Rsb
Ggd
Sbs
Wsp
Vor
Pvg
Rgu
Rgs
Asm
Rgu
Sls
Bbu
Bbbpu
nsb

Ptm
Mks
Pls
Abd
Syp
Rmb
Jmb
Gsb
Jmb
bbt
Bml
sab
Rpp
दाङ । देउखुरीको राजपुरमा गए राती एक घरमा आगलागी हुँदा घर पुरै जलेर नस्ट भएको छ ।
राजपुर गाउँपालिका वडा नम्बर २ बेला स्थित सालघारी गाउँमा गए राति एघार बजेको समयमा बिजुलीको तार सर्ट भएर गणेश बहादुर यादवको घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा भएका अन्नपात,लत्ताकपडा, तथा भाडाकुडा काठ,एलसिडी,लगायत अन्य पुरै सामनाहरु जलेर नस्ट हुँदा अन्दाजी ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी राजन गौतमले जानकारी दिनु भयो ।
त्यस्तै सो घटना भएको खबर पाएलगत्तै राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी आज बिहानै दैनिक आवश्यक खाद्यान्न दुई बोरा चामल, दाल,नुन,तेल म्याटिस सहित नगद २० हजार अग्नि पीडित यादवका छोरा वर्ष १६ का नरेन्द्र यादव र कान्छो छोरा वर्ष ११ का रोहित यादवलाई हस्तान्तरण गर्नु भएको छ ।
यस्तै गाउँपालिका अध्यक्ष बुढाथोकीले वडा नम्बर २ का वडा अध्यक्ष ओमप्रकाश यादवलाई चाड पर्वको समय भएको हुँदा कतिपनि दुखि हुन् नदिनको लागि अग्नि पीडित दुई भाइको लागि लगाउने लुगा र अन्य २० हजार बराबरको राहत व्यवस्थापन गरिदिन आग्रह गर्नु भएको छ । यस्तै उक्त राहत वितरण गर्दै अध्यक्ष बुढाथोकीले गाउँपालिकाबाट हुने अन्य सहयोग गर्ने र सम्बन्धित सरोकारवाला निकायसंग पनि सहयोगको आह्वान गर्ने बताउनु भयो ।
त्यस्तै अहिले सो घरका घर मुलि गणेश वैदेशिक रोजगारको सिलसिलामा कतार छन् भने उनको श्रीमती कमला यादव पनि दुबई रहेका छन् । हाल घरमा दुई भाई छोरा बस्दै आइरहेका थिए ।
यसैगरी उक्त राहत वितरण कार्यक्रममा समाजसेवी एवम् बुद्धिजीवी भिम ओली,मदन भण्डारी,ऋषि यादव,बिन्तिराम यादव लगायत अन्य स्थानीयक उपस्थिति रहेको थियो ।
