
pku
Ggp
sbs
Pbu
Srbpu
Unsku
Lnp
cjs
Gfs
Djs
Rgp1
Pes
Sgr
Rgp

Rsb
Ssm
Ggd
Vor
Sls
Sbs
Rgs
Wsp
Rgu
Hal
Asm
Tsm
nsb
Ksm
Bbu
Gst
Bbbpu
Pvg
Rgu

Rpp
Mks
bbt
Rmb
sab
Bml
Jmb
Gsb
Abd
Syp
Pls
Ptm
Jmb
दाङ । दाङ राप्ती गाउँपालिका वडा ९ देवीकोटमा रहेको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल भद्राक्षीदेवी मन्दिरको संरचना पहिराेकाे उच्च जाेखिममा रहेको छ।
गत महिना परेको अविरल वर्षतका कारण मन्दिरको प्रङ्गण नजिकैबाट पहिरो जादा जाेखिममा परेकाे हाे। पहिराले मन्दिर संरक्षणका लागि निर्माण गरिएकाे पूर्व तर्फकाे केही मिटर पर्खाल समेत बगाएको छ।किम्बदन्ती अनुसार देवीकोटमा सत्यदेवीको बायाँ घुँडो पतन भएको हुँदा त्यहाँ भद्राक्षीदेवी उत्पत्ती भएको भन्ने जनविश्वास रहिआएको छ ।
यसैबिच साे मन्दिरको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली लगायको टिमले स्थलगत अवलोकन गर्नु भएकाे छ। अवलोकन पश्चात् अध्यक्ष विष्टले पहिरो राेकथाम र मन्दिर संरक्षणका लागि पालिकाले सहयाेग गर्ने बताउनु भएको छ।
त्यस्तै उहाँले धार्मिक आस्थासंगै यहाँबाट सजिलै उत्तरतर्फका शृंखलाका,महाभारत शृंखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भू–भाग तथा भारतकाे सिमाना समेत अवलोकन गर्न सकिने भएकाले समग्र रुपमा यस क्षेत्रकाे विकास गरी प्रचारप्रसार गर्न सके पर्यटककाे आक्रर्षणकाे केन्द्र बनाउन सकिने बताउनु भयाे।
