
pku
Gfs
Unsku
sbs
Lnp
Ggp
Srbpu
Rgp1
Pes
Sgr
Pbu
Djs
Rgp
cjs

Sbs
Hal
Rsb
Pvg
Rgu
Ksm
Sls
Tsm
Gst
nsb
Bbu
Wsp
Bbbpu
Asm
Vor
Ssm
Rgu
Ggd
Rgs

Jmb
Ptm
Rpp
Abd
Gsb
Mks
Pls
Jmb
Bml
sab
bbt
Syp
Rmb
काठमाडौं । हिन्दुहरुको महत्वपूर्ण पर्वको रुपमा लिइने यमपञ्चक (तिहार पर्व ) आज देखि सुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । कागलाई आज मनपर्ने परिकार भोजन गराएर कागको पूजा गरिँ पहिलो दिन काग तिहार मनाइदै छ । कागपूजा देखि पाँच दिनसम्म यमराज मत्र्यलोकमा विचरण गर्न आएका हुन्छन् भन्ने मान्यता रहेको छ ।
कागले यमराज र बहिनी यमुनाबीच सूचना आदानप्रदान गरेको प्रसङ्गलाई यही दिनमा संस्मरण गरिन्छ । कागलाई यमदूतका रूपमा पूजाअर्चना गरिन्छ । कागलाई भोजन गराउँदा भोजन सीधै पितृले पाउँछन् भन्ने मान्यता रहेको छ । निकै चतुर पक्षीका रूपमा कागलाई लिइन्छ । यसै दिन आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्ती परेकाले जयबागेश्वरीस्थित धन्वन्तरी पीठमा अर्चना गरेर मनाइँदैछ । यसै दिन मुलुकभर आरोग्य दिवस मनाउने गरिएको छ ।
त्यस्तै तिहारको दोस्रो दिन कुकुर तिहार मानिन्छ । तेस्रो दिन गाइ तिहार लक्ष्मी पुजा गरिन्छ , चौथो दिन गोरु तथा गोवर्धन पुजा गरिने र पाचौ दिन भाइ टिका लगाएर तिहारलाई विदाई गरिने गरिन्छ । यस पटको भाइ टिकाको साइत कार्तिक १० गते बिहिवार विहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।
