
Ggp
pku
sbs
Gfs
Rgp1
cjs
Lnp
Pbu
Sgr
Pes
Srbpu
Rgp
Unsku
Djs

Ggd
Sls
Rsb
Tsm
Ssm
Ksm
Vor
Sbs
Rgs
nsb
Rgu
Gst
Wsp
Asm
Bbu
Bbbpu
Pvg
Hal
Rgu

sab
Jmb
Rpp
Ptm
Rmb
Syp
bbt
Jmb
Mks
Gsb
Pls
Abd
Bml
दाङ । दाङको बबई नदीमा नुहाउ गएका दुई किशोरी डुवेर वेपत्ता भएका छन् । आज दिउँसो पौने २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ र दंगीशरण गाउँपालिका वडा नम्बर २ को सिमानामा पर्ने बबई नदीमा नुहाउने क्रममा उनीहरु डुवेर वेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा दंगीशरण गाउँपालिका वडा नम्बर २ सिमलबुना निवासी अन्दाजी १५÷१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दंगीशरण २ स्थित मामा घर आएकी अन्दाजी १४÷ १५ वर्षीया गोमा चन्द रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिनुभएको छ ।
त्यस्तै बेपत्ता भएका किशोरीहरु संगै नुहाउन गएकी सोही ठाउँकी १३ वर्षीया निरुता बस्नेतले जानकारी गराएपछि उनीहरुको खोजीकार्य भईरहेको प्रहरी निरिक्षक केसीले बताउनुभएको छ । केसीका अनुसार अहिले प्रहरी चौकी जस्पुर, प्रहरी चौकी गोल्टाकुरी, ईलाका प्रहरी कार्यालय तुलसीपुर र स्थानीयहरुको संयुक्त टोलीले बेपत्ताको खोजी कार्य जारी राखेको छ ।
