
Srbpu
Unsku
Gfs
cjs
Rgp1
pku
Pes
Djs
Rgp
Pbu
Sgr
Lnp
sbs
Ggp

Rgs
Hal
Tsm
Wsp
Rgu
Pvg
Rsb
Ksm
Rgu
Asm
Sls
Gst
Vor
Sbs
Ggd
Ssm
Bbu
nsb
Bbbpu

Rmb
Bml
Jmb
Mks
Syp
Jmb
bbt
Abd
Pls
sab
Gsb
Ptm
Rpp
कपिलवस्तु । कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । तीन जना घाइते भएका छन् । कपिलवस्तुको चार नम्बर जितपुरबाट शुक्रबार राति तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ना १ ग ५५४ न. ट्रक बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
त्यस्तै दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी,जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका-३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रवक्ता मिन बहादुर घलेले जानकारी दिए । घाइते भएका सशस्त्र प्रहरी नायव निरीक्षक गोविन्द सुवेदी,वरिष्ठ हबल्दार कुलबहादुर घर्ती र जवान प्रेम मल्लको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरू तीन जनाकै अवस्था चिन्ताजनक रहेको मेडिकलले जनाएको छ ।
