Sidha Patra शुक्रबार, कार्तिक ०४, २०७९

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघले राष्ट्र बैंकले व्याज बृद्धि गरेकोे विरोधमा आन्दोलन गर्ने भएको छ । संघको आज बसेको कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कार्तिक १६ गतेदेखि चरणवद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको संघका अध्यक्ष टंक सिंह बुढाथोकीले जानकारी दिनु भयो । राष्ट्र बैंकले ब्याज वृद्धि गरेपछि उद्योगी तथा व्यावसायीहरु मारमा परेको भन्दै संघले आन्दोलन गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सरकारले उद्योगीलाई सहयोग गर्नु पर्ने अवस्थामा बैंकको ब्याज बृद्धि गर्दा यसले थप पिडा दिएको अध्यक्ष बुढाथोकीले बताउनु भयो । विभिन्न समस्याका भोग्दै आएका उद्योगी तथा व्यावसायीहरुलाई बैंकले व्याज बृद्धि गर्दा पलायन भइ रहेकोे संघका महासचिव महेन्द्र बुढाथोकीले जानकारी दिनु भएको छ ।

यस्तै अवस्था रहे थप पलायन हुने उहाँको भनाइ रहेको छ । बैठक संघका अध्यक्ष टंक सिंह बुढाथोकीको अध्यक्षतामा भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]