
Djs
Gfs
Rgp1
Pes
Unsku
Srbpu
Ggp
Lnp
pku
cjs
sbs
Sgr
Pbu
Rgp

Ggd
Rgs
Pvg
Ssm
Bbu
Sls
Gst
nsb
Rgu
Rgu
Rsb
Bbbpu
Sbs
Wsp
Asm
Tsm
Ksm
Hal
Vor

Pls
Gsb
Ptm
Abd
Syp
Rmb
bbt
Jmb
Mks
Jmb
sab
Rpp
Bml
वीरगञ्ज । पर्सा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका– १३ राधेमाई बस्ने २१ वर्षीय सुमित कुशवाहा, वीरगञ्ज– १२ मुर्ली बस्ने १९ वर्षीय राजन मण्डल, १९ वर्षकै अबय मण्डल, वीरगञ्ज ११ रानीघाटका २० वर्षीय नन्दनकुमार चौरसिया, वीरगञ्ज १० घडीअर्वाका २० वर्षीय रिकी मण्डल र पोखरिया नगरपालिका–६ सिर्सिया बस्ने २५ वर्षीय खरबुद आलमलाई पक्राउ गरेको हो ।
उनीहरुको साथमा ५ वटा चोरीको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ । वीरगञ्ज–२५ ड्राईपोर्टबाट पक्राउ परेका कुशवाहा र मण्डलद्वय प्र.२–०३–००३ प ७५०९, ना.३७ प २०२४ नम्बरको मोटरसाइकल चोरीमा संलग्न रहेको प्रहरीले जनाएको छ ।
वीरगञ्ज–२५ रामगढवाबाट पक्राउ परेका चौरसियालाई ना १८ प ४२१९ नम्बर, वीरगञ्ज १५ बाट पक्राउ गरिएका रिकी मण्डललाई ना ४२ प ९८२९ र सखुवाप्रसौनी गाउँपालिका– २ गुलवरियाबाट पक्राउ परेका आलमलाई ना १० प ५०५१ नम्बरको मोटरसाइकल चोरीको आरोप लागेको छ ।
त्यस्तै उनीहरु ६ जनालाई चोरी सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।अनलाइनखबर
