
Pbu
Unsku
Rgp
Pes
Gfs
Sgr
sbs
Srbpu
Ggp
pku
Djs
cjs
Rgp1
Lnp

Bbu
Ggd
Ssm
Rgu
Tsm
Sbs
Rsb
Ksm
Bbbpu
Rgu
Vor
nsb
Sls
Wsp
Hal
Pvg
Asm
Gst
Rgs

bbt
Pls
Rmb
Bml
Rpp
Syp
Jmb
Mks
Jmb
sab
Abd
Ptm
Gsb
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँको जंगलमा हत्या गरी एकै ठाउँमा फालेको अवस्थामा फेला परेका किशोर/किशोरीको शव पोष्टमर्टम फरेन्सिक बिज्ञबाट गरिने भएको छ । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा फरेन्सिक विज्ञ नरहेको हुँदा घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सम्बन्धित विज्ञ बोलाइएको अस्पतालका रेस्मी अधिकारीले जानकारी दिए ।
प्रहरीले आग्रह गरे अनुसार पाँचरछ वटा चेकजाँच गर्न सक्ने उपकरण तथा सम्बन्धित क्षेत्रका विज्ञ प्रादेशिक अस्पतालमा नरहेकोले घोराहीबाट बोलाइएको उनले बताए । घटना अनुसन्धानका लागि आइतबारदेखि नै तुलसीपुरमा खटिएका जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले चिकित्सकले शव पोष्टमर्टम गर्न नमानेपछि घोराहीबाट बोलाउनु परेको बताए । तुलसीपुरका चिकित्सकले नमानेपछि पोष्टमर्टमका लागि शव घोराही पठाउने कि भनेर छलफल चललेको घोराहीबाट सम्बन्धित क्षेत्रका विज्ञ बोलाएर तुलसीपुरमै पोष्टमर्टम गर्ने निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिए ।
दमारगाउँकी १५ वर्षीया रोशनी महतरा क्षत्री र दंगीशरण गाउँपालिका वडा नं। ६ थपगाउँ घर भई दमारगाउँमा मामाको घरमा बस्दै आएका १५ वर्षीय शरद आचार्यको शव स्थानीय सामुदायिक वनको जंगलभित्र चिरोमा एकै ठाउँमा फालेर माटोले पुरेका अवस्थामा आइतबार दिउँसो फेला परेका थिए ।
त्यस्तै उनीहरूको शव आइतबार बेलुका अबेरमात्रै पोष्टमर्टमका लागि भनेर तुलसीपुर ल्याइएको थियो । शव फेला परेको २४ घन्टा बढी बितिसक्दा पनि अझै पोष्टमर्टम हुन सकेको छैन। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लका अनुसार रोशनी र शरद असोज २७ गते रातिदेखि बेपत्ता थिए । किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास तथ्य भेटाउन सकेको छैन ।तुलसीपुर अनलाइन
