शिव राज खनाल सोमबार, आश्विन ३१, २०७९

दाङ । देउखुरीको लमहीमा आइतबारदेखि लमही जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’ सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चैधरीले जेसीजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको सशानलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए ।

जेसीज सप्ताह कार्यक्रमको दोस्रो दिन राहत बितरण कार्यक्रममा बोल्दै लमही जेसीज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी ( सुजन ) ले लगातार बर्षाका कारण बिचल्लीमा रहेका जनतालाई जेसीजले आफ्नो सप्ताह कार्यक्रममा समाबेश गर्दै अतिपिडित परिवारलाई केही हदसम्म भएपनि सहयोग गरेको बताए ।

लमही नगरपालिकाको अति बिकट क्षेत्र सितलापुर र बसन्तपुर का १० घरपरिवारलाई राहत बितरण गर्दै लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले बाढी पीडित भएको अबस्थामा लमही जेसीजले छटपटाइरहेका जनतालाई मलम पट्टि लगाउन सहयोगमा धन्यवाद ब्यक्त गरे । जेसीजले खाद्यान्न,ब्ल्याकलेट,विद्यार्थीलाई झोला, शैक्षिक सामाग्री गरि करिब एक लाख मूल्य बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो ।

सप्ताहको पहिलो दिन लमहीमा र्‍यालीको आयोजना गरिएको थियो । सो अवसरमा वक्ताहरूले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसीजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका दिएका थिए ।

त्यस्तै साताव्यापी कार्यक्रमअन्तर्गत बाढीपिडितलाई राहत बितरण,रक्तदान कार्यक्रम, युबा लक्षित उत्प्रेणा दायी तालिम,सहित्य क्षेत्रलाई सम्मानका लागि गजल साझ, मैत्रीपूर्ण फुटबल र अन्त्यमा लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालमा सांकेतिक बोर्डहरुको स्थापना गरि बनभोज कार्यक्रमसँगै समापन गर्ने कार्यक्रम रहेको लमही जेसिजका सप्ताह निर्देशक मुकेश चौधरीले जानकारी दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]