
Unsku
Gfs
Djs
sbs
Rgp1
pku
Srbpu
Pbu
Lnp
Pes
cjs
Rgp
Ggp
Sgr

Pvg
Sls
Ssm
Rgu
Wsp
Bbu
Gst
Hal
Rgs
Asm
Vor
Ggd
Ksm
Rgu
Sbs
Tsm
Rsb
Bbbpu
nsb

bbt
Gsb
Pls
Jmb
sab
Abd
Rmb
Ptm
Rpp
Syp
Mks
Jmb
Bml
दाङ । देउखुरीको लमहीमा आइतबारदेखि लमही जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह’ सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै लमही नगरपालिकाका नगर प्रमुख जोगराज चैधरीले जेसीजको आस्था नै लोकतन्त्रको मूल मन्त्र भएकाले व्यक्तिको नभई विधिको सशानलाई व्यावहारिक रुपमा गाउँदेखि केन्द्रसम्म लागू गर्न सबैको सामूहिक एकता र प्रतिबद्धताको खाँचो रहेको बताए ।
जेसीज सप्ताह कार्यक्रमको दोस्रो दिन राहत बितरण कार्यक्रममा बोल्दै लमही जेसीज बर्ष २०२२ का अध्यक्ष सुन्दर केसी ( सुजन ) ले लगातार बर्षाका कारण बिचल्लीमा रहेका जनतालाई जेसीजले आफ्नो सप्ताह कार्यक्रममा समाबेश गर्दै अतिपिडित परिवारलाई केही हदसम्म भएपनि सहयोग गरेको बताए ।
लमही नगरपालिकाको अति बिकट क्षेत्र सितलापुर र बसन्तपुर का १० घरपरिवारलाई राहत बितरण गर्दै लमही नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेलले बाढी पीडित भएको अबस्थामा लमही जेसीजले छटपटाइरहेका जनतालाई मलम पट्टि लगाउन सहयोगमा धन्यवाद ब्यक्त गरे । जेसीजले खाद्यान्न,ब्ल्याकलेट,विद्यार्थीलाई झोला, शैक्षिक सामाग्री गरि करिब एक लाख मूल्य बराबरको राहत सामाग्री हस्तान्तरण गरेको हो ।
सप्ताहको पहिलो दिन लमहीमा र्यालीको आयोजना गरिएको थियो । सो अवसरमा वक्ताहरूले जेसिजले युवाको नेतृत्व र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले जेसीजको आस्था र श्रद्धाले समाज रुपान्तरण गर्न सकिने कुरामा जोड दिएका दिएका थिए ।
त्यस्तै साताव्यापी कार्यक्रमअन्तर्गत बाढीपिडितलाई राहत बितरण,रक्तदान कार्यक्रम, युबा लक्षित उत्प्रेणा दायी तालिम,सहित्य क्षेत्रलाई सम्मानका लागि गजल साझ, मैत्रीपूर्ण फुटबल र अन्त्यमा लमही नगरपालिका वडा नम्बर ३ मा रहेको जखेरा तालमा सांकेतिक बोर्डहरुको स्थापना गरि बनभोज कार्यक्रमसँगै समापन गर्ने कार्यक्रम रहेको लमही जेसिजका सप्ताह निर्देशक मुकेश चौधरीले जानकारी दिएका छन् ।
