
Usb
Ksb
Ksb
Fmb
Ppu
Bsn
Csb
Gsb
jsb
Rsb
Tgp
Ssb
Rks
Ksb
Nsb
Ssb

Tsb
Usb
Hl1
Gsb
Ssb

Nps
Rgu
ptl
काठमाडौं । एकीकृत समाजवादीबाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएकी हुन् ।
एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् ।
त्यस्तै यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान)लाई फिर्ता बोलाएको थियो । यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङ अब स्वास्थ्य मन्त्री बनेका छन् भने हिरा केसी पहिलो पटक राज्यमन्त्री बने ।अनलाइनखबर
