
Ssbus
Gsl
ssbus
tssbus
Pbu
Sssbus1
Ssbus
nsm
Ssbus
Sssbus1

Rgu
Asm
Vor
Rgu
Rgs
Sls
Sbs
Ssm
Gst
Ggd
nsb
Hal
Rsb
Bbbpu
Ksm
Pvg
Wsp
Tsm
Bbu

Syp
Jmb
Rpp
Pls
Ptm
Abd
Mks
Jmb
Gsb
bbt
sab
Rmb
Bml
काठमाडौं । आज राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् । सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरु लाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६,नेकपा माओवादी केन्द्रबाट ५,नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक जना सदस्य निर्वाचित भएका थिए ।
सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ । गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका थिए ।
यसैगरी माओवादी केन्द्रबाट उर्मिला अर्याल,भुवनबहादुर सुनार, सुरेश आलेमगर,नरबहादुर विष्ट र जगतबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए । एकीकृत समाजवादीबाट जयन्तीदेवी राई,गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे,उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका थिए ।
नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् । अर्का एकजना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् । माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ । स्थायी सदन भएकाले राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुन्छ । गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरुको पदावधि हिजो (फागुन २० गते)देखि समाप्त भएको छ । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले सिंहदरबार नजिकको एक होटलबाट ती सांसदहरुलाई विदाइ गरेका थिए ।
नेकपा एमालेका पर्शुराम मेघी गुरुङ, अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।
यस्तै नेपाली कांग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ । माओवादी केन्द्रका दीनानाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जीसी र शेरबहादुर कुँवरको पनि कार्यकाल सकिएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित रामनारायण बिडारीको कार्यकाल पनि समाप्त भएको छ । अनलाइनखबर
