
Snmbs
rgs
Amb
pvg
Mbf
Sdc
Dbc
Pbu
Ges
Snmbs
Dpm
sjnsplk
Gesld
snmbs
dpm


राजपुर । दाङको राजपुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ। गाउपालिकको सातौं गाउँ सभाबाट आगामी आर्थिक बर्षका लागि ५० करोड ८७ लाख १७ हजारको बजेट बिनियोजन भएको गाउपालिकाले बताएको हो ।
गाउँपालिकाको १ नम्बर वडा देखि ७ नम्बर वडाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा संचालन भएको सातौं गाउँ सभामा चालू तर्फ १० करोड,१३ लाख, ६७ हजार र पूंजीगत तर्फबाट ४० करोड,७३ लाख,५० हजारको आयव्यय विवरण (बजेट) राजपुर गाउँपालिकाको बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक तथा उपाध्यक्ष धनपती देवी यादवले प्रस्तुत गर्नुभयो । “स्वास्थ्य र समृद्ध राजपुर गाउँपालिकाको विकास,कृषिको व्यवसायीकरण प्रवर्द्धनको लागि’ मुख्य नारा बोकेको राजपुरले न्यूनतम लागतमा एक फर्म एक बोयर बोका अनुदान,पर्यटन प्रवर्द्धनको लागि राजपुर कला सस्कृति संरक्षण मेला,लघु उद्यम विकास र प्रवर्द्धनको लागि सहकारी संस्था संगको सहकार्यमा कोसेली घरको व्यवस्था,जनतालाई स्थानीय स्तरमा नै अप्रेसन सहितको अाँखा,अन्य स्वास्थ्य जाँच सेवा सहितको एकीकृत घुम्ती शिविर,वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वरोजगार बनाउन स्वरोजगार कार्यक्रम संचालन गर्ने लगायतका नीति तथा कार्यक्रम अघि सारेको छ।
त्यस्तै अपांगहरुलाई सहज जीवनयापनको लागि “अपांग हाम्रा साथी,कार्यक्रम,,असल नागरिक निर्माण गर्न बालबालिकालाई जीवन उपयोगी सीप सम्बन्धि,खेलकुदको विकासको लागि गाउँपालिका स्तरीय खेलकुद प्रतियोगिता संचालन,राजपुर गाउँपालिकाका महत्त्वपूर्ण गौरवका योजनाहरु माररी,सिरिया सडक,जंग्रहवा,खाङ्ग्रा सडक,गोठुवा सुनपथरी सडक,गुरुङ नाका,खाङ्ग्रा,भौवा पुर्व पश्चिम सडक,गाउँपालिका स्तरीय खेलकुद मैदान निर्माण मोटर बाटाहरु तथा खेलकुद मैदानलाई गाउँपालिकाको गौरवका योजनाको रुपमा विकास गर्ने गाउँपालिका अध्यक्ष लोकराज केसीले निति तथा कार्यक्रम मार्फत प्रस्तुत गर्नु भएको हो ।
त्यसैगरी युवाहरुको लागि लागु पदार्थ दुर्व्येसन विरुद्धका कार्यक्रम,विद्यालय तथा शिक्षक हरुलाई प्रोत्साहन गर्न तहगत रुपमा पुरुस्कृत, महिला स्वयंसेवीकालाई यातायात खर्च तथा अबलोकन भ्रमणको व्यवस्था,जेष्ठ नागरिक हरुलाई दिवा सेवा केन्द्र र तिर्थाटन कार्यक्रम संचालन,गाउँपालिका कार्यालय तथा विद्यालयमा ई-हाजिरीको व्यवस्था,कर्मचारी स्वमुल्या कार्यक्रमबाट पुरुस्कृत गर्ने लगायतको कार्यक्रमलाई सातौं गाउँ सभा द्वारा पहिलो प्राथमिकतामा राखिएको अध्यक्ष केसीले बताउनु भयो ।
