Sidha Patra सोमबार, साउन २५, २०८३

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

नेपालको संविधानको धारा २९४ बमोजिम संवैधानिक निकायले आफ्नो वार्षिक कामकारबाहीको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था अनुसार प्रतिवेदन बुझाइएको हो । प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले मुस्लिम समुदायको हकहितको संरक्षण र सशक्तिकरणमा आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । उनले मुस्लिम समुदायका लागि संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन अवस्थाबारे अध्ययन गरी सरकारलाई सुझाव दिने कार्यले संविधानप्रदत्त समान अवसर र सामाजिक न्याय सुनिश्चित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै,‘आयोगले मुस्लिम समुदायको सशक्तिकरण र सम्मानजनक सहभागिताको कार्यान्वयनमा विशेष योगदान पुर्‍याएको छ,’ राष्ट्रपति पौडेलले भने, ‘सामाजिक न्याय र संविधानले ग्यारेन्टी गरेका हकको सफल कार्यान्वयनका लागि यस्ता अध्ययन र प्रतिवेदनहरू महत्वपूर्ण हुन्छन् । सो अवसरमा आयोगका पदाधिकारीहरू तथा राष्ट्रपति कार्यालयका उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]