
Pbu
Sssbus1
ssbus
nsm
Ssbus
Gsl
Ssbus
Sssbus1
tssbus
Ssbus

Ssm
Sbs
Wsp
Sls
Tsm
Bbu
Asm
Hal
Rsb
Rgu
Gst
Pvg
Ksm
Bbbpu
Rgs
Rgu
Vor
Ggd
nsb

Mks
Rpp
Abd
Syp
Ptm
Gsb
Jmb
Pls
bbt
Jmb
Rmb
Bml
sab
प्युठान। प्युठान नगरपालिका वडा नंवर ४ कि पुजा साप्कोटा खेतका गह्रामा धान रोप्दै थिईन, केही महिलाहरु धानको बीउ काड्दै थिए । केही पुरुषहरुलाई भने ‘बाउसे’ गर्नमै ठिक्क थियो ।
झरीको प्रवाह बिनै किसानहरु आफ्नै सुरमा खेतको कुनाकाप्चा सम्याउने, बेर्ना पुर्याउने, धान रोप्ने काममा ब्यस्त देखिन्थे ।
झिमरुक तटीय क्षेत्रहरुमा हिजोआज कृषकहरुले सामूहिक रुपमा धान रोपाइँँ गरिरहेको हेर्न पाईन्छ ।असार नलाग्दै प्युठानमा बर्खे धान रोपाइँ सुरु भएको छ। सिँचाइ सुविधा पुगेका झिमरुक फाँटहरुमा यो बर्ष जेठ लागेपछि धान रोपाइँ सुरु भएको हो । खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ। धान रोप्न खेतमै ब्यस्त देखिएकी कृषक सापकोटाले सिँचाइ सुविधा भएकाले फाँटमा धमाधम रोपाई भइरहेको बताईन ।’ ’ बाह्रै महिना सिचाईं छ,त्यसैले खेती गर्न गाह्रो छैन।’उनले भनिन,’आलोपालो गरेर धान रोपेका छौँ’ सयौँ वर्षदेखि चलेको पर्मेली परम्परा अझै कायमै छ ।
एकदिन एउटाको र अर्को दिन फरक व्यक्तिको खेतमा कृषकहरू भेटिन्छन् । किसानले समूह बनाउने र पालैपालो सबैको खेती लगाउने चलन यहा करिब एक महिनासम्म चल्छ । झिमरुक किनारमा बैशाखको अन्तिम देखि धान रोप्ने पर्म सुरु हुन्छ ।स्थानिय कृषक मुक्त बहादुर बस्याल पनि विगतका वर्षझैँ अर्मपर्म गरेर रोपाइँको काम गरिरहेको बताउछन। ‘ अर्मपर्म गरेर नै धान रोप्ने र काट्ने काम गर्छौ,” उनले भने ‘ मिलिजुली काम गर्दा सजिलो भएको छ।’ “ कामको चाप हुँदैन । ‘श्रमिकलाई दिने पैसाको पनि बचत हुन्छ” उनले भने ।
। कोरोना त्रास गाउँसम्म पुगे पनि किसानलाई खेतीपाती गर्नै भ्याईनभ्याई छ । बजार लक डाउनले ठप्प भएका बेलात्रास भए पनि किसानहरु बर्षभरी खाने अन्नको जोहोका लागि धान रोपाईमा लागेका छन।
त्यस्तै, अगुवा किसान रेशम सुबेदिले यो बर्ष लकडाउनले गर्दा घर आएकाहरु समेत खेती किसानमा लागेका छन।
यहा आफ्नो खेत नहुने किसानहरुले पनि अरुको खेत अधियाँमा लिएर जेष्ठमै धान रोप्ने गरेको सुवेदी बताउछन ।
प्युठान नगरपालिकाका कृषि प्रमुख मेघराज पोख्रेलले अहिलेसम्म ४५ प्रतिशत रोपाइँ सकिएको बताए ।धान उत्पादनको कुल खेतीयोग्य क्षेत्रफलमध्ये करिव ७० प्रतिशत हिस्सा यसै झिमरुक फाँटले ओगटेको उनको भनाई छ।
जिल्लाभर ६ हजार ५ सय ५५ हेक्टर जमिन क्षेत्रफलमा धानखेती हुने गरेको सरकारी तथ्यांक छ। झण्डै १५ प्रतिशत किसानले मात्र बर्षातको पानीबाट रोपाइँ गर्छन्। जिल्लाभर २२ हजार बढी हेक्टर खेतीयोग्य भूमि छ। कृषि ज्ञान केन्द्र दाङका अधिकृत उमेश श्रेष्ठले हाल करिब ५ हजार हेक्टर जमिनमा धानखेती गरिदैँ आएको जानकारी दिए।
जिल्लाको मुख्य धान उत्पादनको केन्द्र मानिने झिमरुक फाँट लगायत ठाउँठाउमा प्लटिङ गरि बस्ती बसेकोले जिल्लामा धानको उत्पादन बर्षेनी घट्दो छ ।@
