
Ratbs
Ssbus
gms
Gsl
Rbs
dsbus
Nssbus7
Pbu
Jsbus
syysr
Bksbus5
Amb
Gsbus
Ddhbs
Csbus
Syees

Gst
Hal
Ggd
Ksm
Sls
Tsm
Asm
Rsb
Rgu
Pvg
Bbbpu
Vor
nsb
Rgs
Bbu
Rgu
Wsp
Ssm
Sbs

Pls
Rmb
Syp
bbt
Bml
Jmb
Gsb
Jmb
Rpp
Ptm
Mks
Abd
sab
प्यूठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ ( प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् । स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । संबन्धित गाउँपालिकासंग समन्वय गरेर मात्र उनिहरु जिल्ला भित्राईन्छ । अनि गाडीको व्यवस्था गरेर अलपत्र यात्रुहरुलाई गन्तव्यमा पठाउँछन् ।यहा दर्जन बढी युवा खटिएका छन् । युवाहरु यसरी खटिएबापत कुनै पारिश्रमिक पनि पाउँदैनन् । उनीहरू आफ्ना काम छाडेर स्वतहस्फुर्त रुपमा सेवामा जुटेका हुन् ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामको लागि सिमानाकामा खटिएको भुसालले बताए। ‘ अप्ठायाराहरु त छन तै पनि स्वयंसेवा गर्दा खुसी छु,आनन्द लागेको छ ।घरपरिवार र छिमेकी पनि खुसी छन् ।’चौबिसै घण्टा आफूहरू नाकामै खटिने गरेको उनले बताए । उनका अनुसार स्थानीय स्वयंसेवकले बन्दाबन्दीको अवधीभरी काम गर्ने छन् । तर,यसरी जोखिम मोलेर सेवामा खटिरहदा व्यक्तिगत सुरक्षा सामग्रीको अभाव खट्किएको भुसालले गुनासो गरे। ’सेनिटाइजर, ग्लोब्स र मास्क बजारमा किन्न पाईदैन’ उनले भने’सरकारले दिएको छैन।’त्यस्तै,ददेरीका स्थानिय सुर्य श्रेष्ठ (राजु) पनि दिनहुँ स्वंयसेवकको रुपमा खटिएकै छन। उनले पनि मान्छेहरु बगरको बाटो र लुकिछीपी ओहोरदोहोर रोक्न आफुहरु रातदिन खटिएको सुनाए ।’लकडाउन सुरु भएदेखी नै गाउँका युवाहरु आलोपालो गरेर बसेका छौं,’ राजुले भने,’बन्दाबन्दीमा पनि भारत सहित बिभिन्न ठाउँबाट प्युठान आउने मानिसहरुको क्रम नरोकिएपछी जेठ १ गतेबाट यहा सतर्कता अपनाईएको हो।
स्वयंसेवकसँगै जनप्रतिनिधि,स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पनि नाकामा खटिएका छन ।सरुमारानी –२ का वडा अध्यक्ष बसन्त जिसीले जिल्ला विपद व्यवस्थापन समितिले अलपत्र यात्रुलाई गाडीको व्यवस्था गर्ने, खाजा, खाना र बस्ने व्यवस्था गरेको बताए । जिसिका अनुसार पैदल र गाडीबाट आएकाहरुलाई उक्त व्यवस्था गरिएको हो।प्रहरी हवल्दार कृष्ण प्रसाद मरासिनीले भारतबाट आएकाहरुको सबै बिबरण लिएपछि उनिहरुलाई क्वारेन्टाइनमा बस्न र परिवारसँग घुलमिल नहुन सल्लाह समेत दिएर पठाउने गरिएको बताए ।
मानिस जिल्ला आउने क्रम जारी छ । भारतबाट कृष्णनगर नाका हुदै नेपाल प्रवेश गरेर प्यूठान आउने धेरै छन। जेठ १६ गते शुक्रवारसम्म भारत सहित बिभिन्न स्थानबाट ५ हजार ५५ जना प्युठान भित्रीएका छन् ।
