
Sds
Pbu
Anm
Mbdvs
Gisld
Rbs
Ksm
mbd
Gmk

Rgu
Bbbpu
Gst
Bbu
Wsp
Sbs
Vor
Rgs
Ssm
Rsb
Asm
Rgu
nsb
Sls
Pvg
Ksm
Hal
Ggd
Tsm

sab
Rmb
Jmb
Syp
Abd
Jmb
Gsb
Pls
Bml
Ptm
Mks
bbt
Rpp
काठमाडौं । निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ ।
आयोगले आज आइतवार प्रकाशन गरेको नामावली अनुसार दुई हजार ४७ जनाले मतदान गर्ने छन् । जसमा पाँच सय ४९ जना प्रदेश सभा सदस्य र एक हजार चार सय ९८ जना पालिकाका प्रतिनिधि रहेका छन् । पालिकाका प्रमुख तथा उपप्रमुख दुवैले मतदान गर्न पाउँछन् । सबैभन्दा धेरै मधेस प्रदेशमा एक सय सात प्रदेश सभा सदस्य र दुई सय ६७ पालिकाका प्रमुख–उपप्रमुख गरी तीन सय ४७ जना मतदाता रहेका छन् ।
यस्तै कोशीमा ९३ प्रदेश सभा सदस्य र दुई सय ७४ पालिकाका जनप्रतिनिधि गरी तीन सय ६७ जना तथा बाग्मतीमा एक सय १० प्रदेश सभा सदस्य र दुई सय ३७ पालिकाका जनप्रतिनिधि गरी तीन सय ४७ जना मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।
त्यस्तै गण्डकीमा ६० प्रदेश सभा सदस्य र एक सय ७० पालिकाका जनप्रतिनिधि गरी दुई सय ३० जना, लुम्बिनीमा ८७ प्रदेश सभा सदस्य र दुई सय १८ पालिकाका जनप्रतिनिधि गरी तीन सय पाँच जना मतदाता छन् । कर्णालीमा ४० प्रदेश सभा सदस्य र एक सय ५६ पालिकाका जनप्रतिनिधि गरी एक सय ९६ जना तथा सुदूरपश्चिममा ५२ प्रदेशसभा सदस्य र एक सय ७६ पालिकाका जनप्रतिनिधि गरी दुई सय २८ जना मतदाता रहेका छन् ।
यस्तै प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ । आउँदो माघ ११ गते १९ जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुँदैछ ।
