
Mbdvs
Gmk
Pbu
Gisld
Rbs
mbd
Sds
Ksm
Anm

Sbs
Rgu
Ksm
Bbu
Vor
nsb
Tsm
Wsp
Asm
Ggd
Gst
Bbbpu
Rgs
Rgu
Pvg
Ssm
Hal
Rsb
Sls

Gsb
Rmb
Ptm
sab
Jmb
Bml
Syp
Mks
Pls
Rpp
Jmb
bbt
Abd
रुकुम (पूर्व) । फलाम खानीको विस्तृत अध्ययन पुनःथालिएको छ । भूमे गाउँपालिकामा फलाम खानी भएको पत्ता लागेपछि भूगर्भविद्ले गत साताबाट उत्खनन्को लागि सम्भाव्यता अध्ययन सुरु गरेका हुन् ।
यस्तै खानी तथा भूगर्भ विभागका भूगर्भविद् सुजन देवकोटा र सौनक भण्डारीको समूहले भूमे –३ स्थित झुम्लाबाङमा अध्ययन सुरु गरेको हो । आर्थिक अभावले सो क्षेत्रको विस्तृत अध्ययन अहिलेसम्म अघि बढ्न सकेको थिएन । भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले गाउँपालिकाको विभिन्न क्षेत्रमा फलाम खानीको बारेमा अध्ययन सुरु भएको बताएका छन् ।
त्यस्तै हाल फलाम खानी पत्ता लागेको भनिएको ठाउँमा एक सय वर्षअघिसम्म तामा खानी उत्खनन हुने गरेको स्थानीयले जानकारी दिएका छन् । तत्कालीन समयमा तामा खानी उत्खनन गर्दा भूमे गाउँपालिकाको २, ३, ४ र ५ नम्बर वडाको विभिन्न ठाउँमा बनेका ठूला खाडल र सुरुङ अहिले पनि देख्न सकिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यसैगरी गत वर्ष तीनै ठाउँमा फलाम रहे नरहेको अध्ययन गर्दा फलाम खानी रहेको पत्ता लागेपछि अहिले उत्खननको लागि विस्तृत अध्ययन थालिएको उनले बताए । “गत साल गरिएको अध्ययनबाट हम्रो गाउँपालिकाको झुम्लाबाङमा फलाम खानी भएको कुरा पत्ता लाग्यो”, अध्यक्ष श्रेष्ठले भने, “झुम्लाबाङमा फलाम खानी रहेको पत्ता लगेको छ ।”रुकुम पूर्वमा हालसम्म खानी तथा भूगर्भ विभागमले फलाम र तामा खानीको बारेमा तीन पटकसम्म अध्ययन गरिसकेको बताइएको छ ।
