
Gisld
Rbs
Sds
Anm
Gmk
Ksm
mbd
Pbu
Mbdvs

Tsm
Sbs
Gst
Sls
Ssm
Bbbpu
Rsb
Rgu
Bbu
Vor
Wsp
nsb
Asm
Pvg
Hal
Ggd
Rgs
Rgu
Ksm

Mks
Gsb
bbt
Rpp
Jmb
Rmb
Bml
Syp
Pls
Jmb
sab
Abd
Ptm
गुल्मी । कुनैबेला मुरिका मुरि खेती उत्पादन गर्ने बाँझिएका जग्गाहरुमा पुन खेती गर्न थालेका छन् । कोरोना भाइरसले गर्दा लक डाउनमा बाहिर हिडडुल गर्न नपाएपछि गुल्मीका ग्रामीण भेगमा वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा ५ जनाले वषौं देखिका बाँझो जमिनमा खेतीगर्न थालेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा बिभिन्न व्यवसाय गर्दै आएकाहरुले रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को सेउघामा स्थीत वषौदेखि बाँझो रहेको खेतमा खेती गर्न थालेका छन् । बिभिन्न कारणले गर्दा खेती गर्न छोडेपछि उब्जनि योग्य करिब ३ सय रोपनी जमिन बाँझो बनेको छ । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सतर्कता अपनाउन लक डाउनले गर्दा अन्य व्यवसाय बन्द भएपछि ग्रामीण भेगमा रहेका बाँझो जमिनलाई सदुपयोग गर्दै कागती खेती गर्न थालेका हुन् ।
बाँझो जमिनमा स्थानीय नरेन्द्र थापा, टिका थापा, उमाशंकर पन्थी, झबी पाण्डेय, भेषरजा पन्थी र श्याम क्षेत्रीले बाँझो जमिनमा कागती खेती गर्न सुरु गरेका छन् । गाउँमा खेती लगाउने समयमा खेतलाहरु नपाउनु र बजारमा अन्य पेसा व्यवसायले गर्ने गर्नाले वषौंदेखि उत्पादन योग्य जमिन बाझिदै गएको थियो ।
खेती योग्य जमिनमा उत्पादन गर्न छोडेसँगै बनमारा,उत्तिस लगायत बिभिन्न घाँसहरु उम्रिएर झाडी बनेको थियो । बाँझो जमिनमा अहिले कागती लगाउनको निम्ति खाडल खन्ने काम गरिरहेका छन् ।बाँझो खेतमा खेती गर्न थालेपछि खाडल खन्ने काममा स्थानीय केहि युवाहरुले रोजगार पाउदा खुसी भएका छन् । बाझिएको जमिनमा कागती खेती गर्न योग्य रहेकाले यस वर्षबाटसुरु गरेको कृषकहरु बताउछन् ।१० वर्ष पहिले धान खेती हुँदै आएको खेतमा अहिले उम्रिएका बिभिन्न बोटहरु काटेर कागती खेती अभियान सुरु गरेको कृषकहरुको नरेन्द्र थापाले बताए । हाल बाँझो रहेको ८० रोपनी जमिनमा १२ सय कागतीका बिरुवा लगाउन लागेका छन् ।
कागती लगाउनको निम्ति रेसुङ्गा नगरपालिकाले खाल्डा खन्न र बिरुवामा अनुदान दिने भएको छ । कगाती लगाएको दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न नगरपालिकाले अनुदान दिने भएको नगरपमुख डिल्लीराज भुसालले बताए ।
बजारमा कागतिको माग धेरै भएकोले कृषकहरुका लागि यो अवसर भएको रेसुङ्गा नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष बियजय मरासिनीले बताए । नगरपालिकाले ४४० रोपनी अर्थात २२ हेक्टर बाजो जमिनमा कागती खेती गर्ने तयारी गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृ भत्तिराम मरासिनीले बताए । नगरपालिकाले प्रती २० रोपनी जग्गामा ४ सय बोट कागती लगाउने किसानलाइ पहिलो बर्ष रु ९६ हजार जति खर्च हुनेमा ७२ हजार अनुदान दिने भएको छ ।
४ सय बिरुवा कागती र ढुवानी खर्चको समेत नगरपालिकाले उपलब्ध गराउने भएको छ । त्यसैगरी दोस्रो र तेस्रो बर्षमा उक्त कागतीलाई मल राख्न रु ४० हजार का दरले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुसालले बताए । नगरपालिकाका कागती खेतिको लागि आवश्यक जग्गा, खाडल र मलको नगरपालिकाले मापदण्ड बनाएको प्रमुख प्रशासकीय अधिकृत मरासिनीले बताए ।
नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार ४ सय ४० रोपनि जग्गामा प्रती रोपनी २० बिरुवाको दरले ८८सय कागती रोप्ने तयारी भएको बताए । कागतिको लागि खाडल १ मिटर गहिराई र १ मिटर को बर्गाकार खाडल खनिने र त्यसमा २५ के जि गाई भैसिको मल राख्ने गरि काम भएको पन्थीले बताए ।
