
Ksbus
Rgp
Lnp
Asbus
Ggp
Ggp
Sdc
Msbus
Ksbus


प्युठान। प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष बित्यो। उनले आफ्नै पाच रोपनी क्षेत्रफलमा मौसमी एवं बेमौसमी तरकारी लगाएका छन। बारीमा अहिले बन्दागोबी,काउलि, टमाटर लगाएतका तरकारी लटरम्म फलेका छन। तिनै तरकारीको रेखदेख र हेरचाहमै उनको दैनिकी बित्छ। तरकारी फलेपछी हिजोआज केशरले मनगये आम्दानी समेत लिन थालेका छन । तरकारि बेचेर बार्षिक चार पांच लाख रुपैयाँ चोखो आम्दानी लिन सफल भएको केशर सुनाउछन । यो खेती गर्न सुरुमा ४० हजार रुपैया लगानी भएको उनले बताए। उनका अनुसार व्यवसायिक रुपमा तरकारी खेती गर्न सकेको खण्डमा मनग्यै कमाइ हुने गरेको छ ।
केशरले आफ्नो बारीमा फलेको तरकारी प्युठान सहित छिमेकी जिल्ला गुल्मि र अर्घाखाँचीमा बिक्री हुने गरेको बताए।तरकारी र टमाटर बिक्री गर्न बजार खोज्न पर्दैन । ग्राहक घरमै आएर लैजाने गरेका छन् ।‘तरकारी फलाएर आम्दानी गरेको छु।’उनले भने,’घरखर्च राम्ररी चलेको छ।’
गत माघमा झिमरुक गाउपालिकाले समेत आफ्नै एस के नेपाल कृर्षि फर्म अबलोकन गरेपछि छ अाेटा टनेललाई पुग्ने पलास्टिक उपलब्ध गराउने आश्वासन दिएपनी अहिले सम्म आफुले नपाएको केशर दुखेसो पोख्छन।
‘गाउपालिकाको आशमा टमाटर लगाए,सरकारको भर पर्दा बर्बाद भयो,’ उनि भन्छन, ‘असिनापानी र गर्मीले टमाटरका सुक्न र बेर्ना मर्न थाले’ नोक्सानी भयो नि ।’ उनि भन्छन। गाउपालिकाले आस मात्र देखाउदा लाखाैकाे नाेक्सानि ब्यहोर्नु परेको उनको गुनासो छ।
