Sidha Patra बुधबार, माघ १२, २०७८

काठमाडौं । नेपाल भ्रष्टाचार व्याप्त हुने देशको श्रेणीमै रहेको छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले सार्वजनिक गरेको सूचकाङ्कमा नेपाल ३३ अङ्कसहित ११७ औं स्थानमा छ । गत वर्ष पनि नेपाल, ३३ अङ्क नै ल्याएर ११७ औं स्थान मै थियो ।

अघिल्लो र यस वर्ष नेपालको अङ्क स्थिर रहनुमा भ्रष्टाचार नियन्त्रणमा केही प्रगति हुन नसकेको देखिन्छ । ट्रान्सपरेन्सी इन्टरनेश्नलले १८० देशमा भ्रष्टाचारको अवस्था अध्ययन गर्ने गरेको छ ।

प्रतिवेदन अनुसार १८० देशमध्ये डेनमार्क, फिनल्याण्ड र न्यूजिल्याण्ड कुल १ सय मा ८८ अङ्कसहित कम भ्रष्टाचार हुने देशमा परेका छन् । दक्षिण सुडान भने ११ अङ्क मात्र ल्याएर सबैभन्दा बढी भ्रष्टाचार हुने देशमा सुचीकृत भएको छ ।

विश्वभरी नै भ्रष्टाचार विरोधी प्रयासमा भएको कमि र शिथिलताले गर्दा मानवअधिकार र लोकतन्त्र धरापमा परेको ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ।संसारभरि नै भ्रष्टाचार घट्न नसकेको र ८६ प्रतिशत देशले एक दशकसम्म पनि कुनै प्रगति हाँसिल नगरेको देखिएको छ।

नागरिक हकअधिकार कमजोर भएका देशमा भ्रष्टाचार रहने, मानवअधिकार हनन हुने, लोकतन्त्रको स्तर घट्ने, अधिनायकवाद बढ्ने र भ्रष्टाचारमा थप बढ्ने ट्रान्सपरेन्सी इन्टरनेश्नलले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]