
Pbu
Rbs
Sds
Mbdvs
mbd
Gisld

Rgu
Bbbpu
Sbs
Tsm
Vor
Bbu
Rgu
Wsp
Pvg
Gst
Rsb
Rgs
Ggd
Sls
Ssm
Hal
nsb
Asm
Ksm

Abd
Syp
Gsb
Ptm
sab
Pls
Rmb
Jmb
Mks
Jmb
Rpp
Bml
bbt
बागलुङ । कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहेका बेला गत चैत ११ गते देखि देश लक डाउनमा छ । लक डाउनका कारण विकास निर्माणका पुर्वाधारहरु ठप्प भए । कोरोना संक्रमण फैलिन नदिन सरकारले लागु गरेको लक डाउनका कारण स्थगित भएका विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७६ / ०७७ को बजेट बाट गलकोट नगरपालिका वडा नं ७ मा विनियोजन गरेका २ वटा योजनाहरु लक डाउनको नियम केहि परिमार्जन भएर विकास निर्माणका कामहरुलाई निरन्तरता दिने निर्णय सँगै सञ्चालनमा आएका छन । जनहित माध्यमिक विद्यालय गलकोट नगरपालिका ७ मल्मको ४ कोठे पक्की भवनको निर्माण कार्य लक डाउन हुनु अगावै शुभारम्भ भएको थियो । यद्यपी लक डाउन सँगै झण्डै १ महिना निर्माण कार्य रोकिएको थियो । गलकोट नगरपालिका र वडा सरकारको समन्वयमा निर्माण कार्यले पुन: निरन्तरता पाएको गलकोट नगरपालिका वडा नं ७ का वडा अधक्ष सुवेदार टिका बहादुर थापाले बताए । विद्यालयको काम ठप्प हुँदा त्यहाँ काम गर्ने मजदुरलाई समेत समस्या परेपछि वडाले राहत समेत वितरण गरेको थियो । अहिले संघिय सरकारले विकास निर्माणका कामहरुलाई उच्च सतर्कता अपनाउँदै सामाजिक दुरी कायम गरि गर्न निर्देशन गरे सँगै निर्माण कार्य सञ्चालनमा आएको वडा अध्यक्ष थापाले उल्लेख गरे । चार कोठे भवनको भुइँतला ढलानपछि झ्याल ढोकाको चौकोस राख्न सुरु गरिएको छ । गत फागुनको अन्तिम साता भवनको पुनःनिर्माण शुभारम्भ गरिएको जनहित माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर थापाले जानकारी दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु ७० लाख बजेटमा उक्त भवन पुनःनिर्माण हुन लागेको अध्यक्ष थापाले बताए । निर्माण कार्यमा सुर्खेतका ८ सहित स्थानीय मजदुरले काम गर्दै आईरहेका छन । लक डाउन सुरु भए पश्चात सुर्खेतकै केही मदजुर घर फर्केपछि केहि मजदुर त्यहाँ काम गर्दै आईरहेका छन । निर्माण सामग्रीको सहजीकरणमा गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पुनःनिर्माण भइरहेको छ । सामाजिक दूरी कायम गर्ने, मजदुरलाई बाहिर आउजाउ गर्न नदिने सल्लाह अनुरुप अहिले काम भईरहेको छ ।
त्यस्तै गण्डकी प्रदेश भौतिक मन्त्रालय बाट आर्थिक वर्ष २०७६ / ०७७ मा विनियोजित रकम रु १ करोडको लागतमा मल्म पाण्डवखानी ढोरपाटन सडक स्तरोन्नति सँगै ग्राभेलको काम समेत पुन: सञ्चालनमा आएको छ । लक डाउन अगावै योजनाको काम निरन्तर चलिरहे पनि लक डाउन पछि झण्डै १ महिना काम रोकिएको थियो । अहिले सडकमा कटिङ गर्ने, पक्की नाली निर्माण, हिम पाईपहरु जडान, तारजाली, मेसिनरी वाल लगाउने लगायतका कामहरु भईरहेको ठेकेदार कम्पनी आरोग्य निर्माण सेवा गलकोटका सञ्चालक हुम थापाले जानकारी दिए । आगाँखेत देखि मल्म सानोखोला सम्म निर्माण कार्यले तिव्रता पाएको सञ्चालक थापाले बताए । सडकमा आवश्यक सामाग्री ढुवानीको लागि गलकोट नगरपालिका र वडा सरकारले सहजीकरण गरिरहेको छ । निर्माणको काम अब १ डेढ महिना भित्र सम्पन्न हुने गरि काम भईरहेको छ । उक्त सडकको गत वर्ष मध्य पहाडी लोकमार्गको मल्म आगाँखेत जिरो किमी देखि ओदाह सम्म झण्डै ८ सय मिटर पक्की नाली सहित ग्राभेल कार्य सम्पन्न गरिएको थियो ।
