
Ggp
Lnp
Sdc
Asbus
Ggp
Ksbus
Ksbus
Msbus
Rgp


अर्घाखाँची। विश्वभर फैैलिएकोे नोवल कोेरोेना भाइरस सङक्रमण कोे जोखिम व्यबस्थापनलाइ मध्यनजर गर्दै शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रकम जम्मा हुने क्रम बढ्दोे छ । शितगंगा नगरपालीकाले स्थापना गरेकोे प्रकोप व्यबस्थापन कोेषमा रु.१ करोेड ३२ लाख भन्दा बढि रकम जम्मा भएकोे छ ।
अर्घाखाँची प्रबेशको मुख्य नाका मानीएकोे शितगंगा नगरपालीकाले कोेरोेना सङक्रमणकोे जोखिम व्यबस्थापनलाइ उच्च प्राथमिकता संगै प्रकोप व्यबस्थापन कोेषमा समेत रु.८० लाख एकमुष्ट जम्मा गरी स्थापना गरेकोे थियोे ।
कोषमा प्रदेश नं. ५ सरकारबाट रु.१५ लाख,नेकपा शितगंगा बाट रु २ लाख,सुपा देउराली मन्दिर र देउराली यातायात व्यबसायि समिती बाट रु १÷१ लाख जम्मा गरीएको छ ।
त्यस्तै शितगंगा नगर प्रमुख र उहाकोे श्रीमतिका तर्फबाट रु.५१ हजार, शितगंगा उद्योेग वाणिज्य संघले रु.५० हजार,नेपाली कांग्रेस नेतृ पुष्पा भुसालले रु.२१ हजार र नेता रेवती प्रसाद भुसाल बाट रु.११ हजार शितगंगा कोेरोेना जोखिम कोेषमा सहयोेग प्राप्त भएकोे छ भने पालीका भित्र रहेका सबैजसो कृषि तथा महिला सहकारीहरुले ५ हजार देखि १० हजारसम्म कोेषमा नगद सहयोेग गरेकोे नगरप्रमुख सुर्य अधिकारीले जानकारी दिनुभयोे । नगरप्रमुख अधिकारीका अनुसार नगर कार्यपालीकाकोे सम्पुर्ण टिम र नगरमा कार्यरत शिक्षक,कर्मचारी बाट स्वतह स्फुर्त घोषित करीब पन्ध्र लाख बढि रकम कोषमा जम्मा हुने क्रममा रहेकोे छ ।
नगरपालीकाले कोेषमा जम्मा भएको रकमलाइ पारदर्शि रुपमा खर्च गरीरहेकोे छ । बाहिरी जिल्लाबाट दैैनिक भित्रिने यात्रु मार्पmत कोेरोेना भाइरस सङक्रमण कोे जोखिमलाइ ख्याल गरी डोहोेटेमा हेल्थ डेक्स स्थापना गरीएकोे छ , जसबाट १५ हजार यात्रुको स्वास्थ्य परीक्षण गरीएकोे छ , क्वारेन्टाइनमा बसेका ४३ जना लाइ सन्तुलित खानाकोे व्यबस्थापन र दैनिक ज्याला मजदुरी गरी परीवार चलाउने परीवारका लागी राहत वितरण कार्य जस्ता कार्र्यमा कोेषकोे रकम खर्र्र्च गरीएको नगर उपप्रमुख टिका रेश्मिले जानकारी दिनुभयोे ।
