Sidha Patra बुधबार, बैशाख २४, २०७७

सिओल । दक्षिण कोरियामा अवैधानीक रुपमा बसेका कारण पक्राऊ परेका ८ नेपालीले जेल जीवन विताईरहेका छन् । कोरोना प्रकोपका कारण नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएका कारण यहाँको सरकारले नेपाल डिपोर्ट गर्न नपाउँदा उनिहरुको जेल बँसाई लम्बिएको एनआरएनए कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले जानकारी दिए ।
उनिहरुलाई पक्राउ गरे लगत्तै कोरोना प्रकोप सुरु भएका कारण डिपोर्ट गर्ने प्रक्रिया लम्बिएको यहाँको प्रहरीलाई उद्धृत गर्दै सुवेदीले बताए ।
कोरोना प्रकोप सुरु भएयता भने यहाँको सरकारले विना भिषा बसोवास गरिरहेकाहरुलाई गर्दै आएको धरपकड स्थगित गरेको जनाएको छ । अन्य देशहरुमा त्यहाँका सरकारले विदेशी नागरिकलाई आफ्नो देश फर्किन आग्रह गरिएका समाचारहरु आईरहँदा कोरियाले भने कोरोना प्रकोपमा यहाँ रहेका विदेशीलाई कोरियामै बस्न आग्रह गर्दै निशुल्क उपचार गर्दै आएको छ ।
त्यस्तै किम्पोमा कार्यरत एकजना नेपालीले शनिवार आत्महत्या गरेको एनआरएनए कोरियाले जनाएको छ । उनको शव नेपाल पठाउने विषयमा सरकारसँग पहल सुरु भएको संस्थाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]