
Ddhbs
Bbs
Syees
Jsbus
Rbs
Bsbus
Gsl
Jsbus
Skbss
Gsbus
Bksbus5
dsbus
syysr
Pbu
Jas
gms
Amb
Jas
Ratbs
Bbs

Gst
Wsp
Bbu
Sbs
Rgu
Vor
nsb
Rgs
Asm
Tsm
Hal
Rsb
Ggd
Sls
Ssm
Bbbpu
Rgu
Ksm
Pvg

Abd
Rmb
Bml
Mks
bbt
Jmb
Gsb
sab
Jmb
Ptm
Syp
Pls
Rpp
बागलुङ । विश्वभर कोरोना भाईरस कोभिड १९ को संक्रमणले हरेक क्षेत्र प्रभावित भईरहेको छ । नेपालमा पनि चैत ११ गते देखि लक डाउन जारी छ । लक डाउनका कारण विकास निर्माणका काम अलपत्र परेका छन । लक डाउन लम्बिदै जाँदा अलपत्र विकास निर्माणका योजनाहरुले विस्तारै निरन्तरता पाउन थालेका छन । कोरोना भाईरस संक्रमणको जोखिमका बिच विकास निर्माणको कार्य थालनी गरिएको हो । गलकोट नगरपालिका वडा नं २ नरेठाटी बजार, वडा नं ५ हरिचौर बजार र वडा नं ८ काँडेबास बजारमा ढल व्यवस्थापन सँगै खानेपानीको उचित व्यवस्थापनको निम्ति काम भईरहेको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । आर्थिक वर्ष २०७६ / ०७७ अन्तर्गत नगरपालिकाको ८०% बजेट र समुदाय साझेदारी २०% रकम मार्फत उक्त योजनाका कामहरु सञ्चालनमा आएको नगर प्रमुख गैरेले बताए । नरेठाटी बजारमा पक्की नाली सहित सडक ढलान र खानेपानी पाईप लाईन व्यवस्थापनको काम चलिरहेको गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले जानकारी दिए । नगरपालिकाको ३० लाख र स्थानियको ७ लाख ५० हजार रकमले उक्त योजनालाई सामाजिक दुरी कायम गरि अगाडी बढाईएको वडा अध्यक्ष भण्डारीले बताए । योजना सञ्चालन हुनु अगावै स्थानियले नगरपालिकामा समुदाय साझेदारी रकम जम्मा गरेका थिए । गत माघ देखि सञ्चालनमा रहेका यि योजनाहरु कोभिड १९ को संक्रमण फैलिन नदिन नेपाल सरकारले देश लक डाउन गरेपछि काम स्थगित भएका थिए । अहिले पक्की नाली निर्माण संगै ८ इन्च ढलान गरिएको छ । उच्च सतर्कता अपनाउँदै दैनिक १० जना मजदुरले काम गरिरहेका छन् । स्थानिय कामदारहरुले योजनामा काम गरिरहेका छन । नाली निर्माण भएपछि वर्षौ देखिको ढल व्यवस्थापनको समस्या समाधान हुने नरेठाटी बजार ढल व्यवस्थापन तथा स्तरवृद्वि निर्माण उपभोक्ता समितिका अध्यक्ष हुम बहादुर थापाले बताए । १ सय ६० मिटर लामो उक्त योजनालाई गलकोट नगरपालिबाट उच्च सतर्कता अपनाई सुरक्षित दुरी कायम गर्दै स्थानीय स्तरमा उपलब्ध मजदुर प्रयोग गरी विकास निमार्णका काम अगाडि बढाउने निर्णय भए सँगै निर्माण कार्यले पुन निरन्तरता पाएको निर्माण उपभोक्ता समितिका सचिव यम श्रीसले बताए । योजनाको झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ भनें बाँकी काम १ महिनाभित्र सम्पन्न हुने बताईएको छ । स्थानिय प्रशासनले निर्माण सामग्रीको व्यवस्थापनका लागि सहजिकरण गरिरहेको छ । कोरोना भाईरस कोभिड १९ को संक्रमण फैलिन नदिन उच्च सावधानी अपनाउँदै निर्माण कार्यलाई निरन्तरता दिदा मजदुरहरु लाई समेत राहत भएको छ । बजार क्षेत्रमा ढलको लागि नाली, बिच बिचमा पाईप, घर घरबाट ढल निकास हुने गरि काम भईरहेको छ त्यस्तै खानेपानीको चेम्बर निर्माण गरि खानेपानीको पाईप लाईन समेत व्यवस्थापन भईरहेको छ ।
