
Syees
Csbus
Ddhbs
Gsbus
Nssbus7
Gsl
Pbu
Ssbus
Amb
Bksbus5
dsbus
gms
syysr
Ratbs
Rbs
Jsbus

Rgu
Rsb
Rgu
Sbs
Bbbpu
Ssm
Pvg
Hal
Gst
Ksm
Tsm
Bbu
Sls
Wsp
nsb
Rgs
Ggd
Asm
Vor

sab
Bml
Rpp
Pls
Jmb
Ptm
bbt
Abd
Syp
Gsb
Jmb
Mks
Rmb
दाङ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर, पछिल्लो समय सामाजिक सेवामा समर्पित नाम हो । उनी दैनिक अति बिपन्न तथा मजदुरहरुकै बारेमा सोच्छिन् । मजदुरको पिडालाई सम्झिन्छिन् । खाना पाए कि भोकै प्यासै छन भनेर चिन्तित बनिरहन्छिन। मजदुरको तथ्याङ्क बुझ्न वडा कार्यालय धाउँछिन् । तथ्याङ्क अनुसार उनको तयारी हुन्छ । अनि उनी राहात लिएर पुग्छिन् ।सम्बन्धित वडाध्यक्षको समन्वयमा उनले ती मजदुर तथा बिपन्नको परिवारलाई नमस्कार गर्दै अाफ्नै हातले राहात बितरण गर्छिन् । उमेरले भर्खर २०/२२ कि छिन् । उनको उमेर एक चञ्चले युवा अबस्था को हो । पढ्दै गरेकि सोनालीलाई यस्तो गर उस्तो गर भनेर कसैले सुझाब दिएन । उनी अाफै राहात बितरण अभियानमा लागेकी छिन् । पारिवारिक अबस्था हेर्दा उनी कुनै धनाध्य पनि होईनन् । तर, उनिमा एक दृढ क्षमता र फराकिलो मन छ ।
पहिलो चरणको राहात बितरण गर्दा उनले अाफ्नै ब्यक्तीगत लगानीमा पनि राहात बितरण गरेकि थिईन । दोस्रो चरणमा भने उनले बिदेशियका अाफ्ना साथीभाईलाई हार गुहार गरि सँकलित राहातबाट खाद्यान्न बितरण गर्दैछिन् । उनले लमही नगर अन्तर्गतका सम्पुर्ण वडा हरुमा राहात उपलब्ध गराउने जनाएकी छिन् ।
सोनालीले अति बिपन्न तथा मजदुरहरुको भोको पेट भर्नकै लागी अभियानमा जुटेकि हुन् ।
उनी भन्छिन् साँझ बिहान काम गरेर छाक टार्ने बिपन्न मजदुरहरुले पनि खान पाउनुपर्छ । तर, देशमा लकडाउन भएसँगै काम गर्न नपाएर भोकभोकै बस्नुपर्ने बाध्यता हुन थालेपछी सोनालीले यो कामको सुरुवात गरेकी हुन् ।उनले अहिले सम्म लमही नगरपालिका अन्तरगतका ३ वडाका अति बिपन्न तथा मजदुरहरुको परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरिसकेकि छिन् । वडा नम्बर ३ मा ५०, वडा नम्बर ४ मा ४० र वडा नम्बर ५ मा ५० अति बिपन्न तथा मजदुरहरुको परिवारलाई उनले खाद्यान्न बितरण गरिसकेकि छिन् । सोनालीले सोमबार वडा नम्बर ५ का ५० घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल र १ लिटर तेलका दरले ७५ हजार रुपैया बराबरको खाद्यान्न बितरण गरेकि हुन् । वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि अति बिपन्न तथा मजदुरको परिवारलाई खाद्यान्न बितरण गरिएको जानकारी दिए ।
