टेकबहादुर पुन सोमबार, बैशाख २२, २०७७

दाङ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर, पछिल्लो समय सामाजिक सेवामा समर्पित नाम हो । उनी दैनिक अति बिपन्न तथा मजदुरहरुकै बारेमा सोच्छिन् । मजदुरको पिडालाई सम्झिन्छिन् । खाना पाए कि भोकै प्यासै छन भनेर चिन्तित बनिरहन्छिन। मजदुरको तथ्याङ्क बुझ्न वडा कार्यालय धाउँछिन् । तथ्याङ्क अनुसार उनको तयारी हुन्छ । अनि उनी राहात लिएर पुग्छिन् ।सम्बन्धित वडाध्यक्षको समन्वयमा उनले ती मजदुर तथा बिपन्नको परिवारलाई नमस्कार गर्दै अाफ्नै हातले राहात बितरण गर्छिन् । उमेरले भर्खर २०/२२ कि छिन् । उनको उमेर एक चञ्चले युवा अबस्था को हो । पढ्दै गरेकि सोनालीलाई यस्तो गर उस्तो गर भनेर कसैले सुझाब दिएन । उनी अाफै राहात बितरण अभियानमा लागेकी छिन् । पारिवारिक अबस्था हेर्दा उनी कुनै धनाध्य पनि होईनन् । तर, उनिमा एक दृढ क्षमता र फराकिलो मन छ ।

पहिलो चरणको राहात बितरण गर्दा उनले अाफ्नै ब्यक्तीगत लगानीमा पनि राहात बितरण गरेकि थिईन । दोस्रो चरणमा भने उनले बिदेशियका अाफ्ना साथीभाईलाई हार गुहार गरि सँकलित राहातबाट खाद्यान्न बितरण गर्दैछिन् । उनले लमही नगर अन्तर्गतका सम्पुर्ण वडा हरुमा राहात उपलब्ध गराउने जनाएकी छिन् ।
सोनालीले अति बिपन्न तथा मजदुरहरुको भोको पेट भर्नकै लागी अभियानमा जुटेकि हुन् । उनी भन्छिन् साँझ बिहान काम गरेर छाक टार्ने बिपन्न मजदुरहरुले पनि खान पाउनुपर्छ । तर, देशमा लकडाउन भएसँगै काम गर्न नपाएर भोकभोकै बस्नुपर्ने बाध्यता  हुन थालेपछी सोनालीले यो कामको सुरुवात गरेकी हुन् ।उनले अहिले सम्म लमही नगरपालिका अन्तरगतका ३ वडाका अति बिपन्न तथा मजदुरहरुको परिवारलाई राहात स्वरुप खाद्यान्न बितरण गरिसकेकि छिन् । वडा नम्बर ३ मा ५०, वडा नम्बर ४ मा ४० र वडा नम्बर ५ मा ५० अति बिपन्न तथा मजदुरहरुको परिवारलाई उनले खाद्यान्न बितरण गरिसकेकि छिन् । सोनालीले सोमबार वडा नम्बर ५ का ५० घरपरिवारलाई २५ किलो चामल, २ किलो दाल र १ लिटर तेलका दरले ७५ हजार रुपैया बराबरको खाद्यान्न बितरण गरेकि हुन् । वडा नम्बर ५ का वडाध्यक्ष बिमबहादुर केसीले एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि अति बिपन्न तथा मजदुरको परिवारलाई खाद्यान्न बितरण गरिएको जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]