
Sssbus1
Ssbus
ssbus
nsm
Ssbus
Ssbus
Pbu
tssbus
Sssbus1
Gsl

Wsp
Bbu
nsb
Rgs
Pvg
Bbbpu
Vor
Ssm
Ggd
Sbs
Gst
Rsb
Rgu
Rgu
Sls
Tsm
Asm
Ksm
Hal

Jmb
Rmb
Mks
Bml
Jmb
Rpp
Abd
Pls
bbt
Ptm
Gsb
sab
Syp
परासी। नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकामा करिब २०० विघामा कृषकले लगाएको तरकारीखेती नष्ट भएको छ ।केही दिनदेखि परेको हावाहुरीसहितको असिनापानीले कृषकले खेतबारीमा लगाएको घिरौँला, लौका, करेला, फर्सी, काँक्रो लगायतका लहरेबालीका साथै प्याज, खुर्सानी, धनिया, मुला, बन्दा लगायतका तरकारीमा क्षति पुगेको छ । लाखौँ मूल्यको तरकारीखेती एकैपटक नष्ट भएपछि कृषकहरु चिन्तामा परेका छन् ।पाल्हीनन्दन–५ मा मात्रै १०० विघामा र अन्य वडामा १०० विघा गरी २०० विघामा लगाईएको तरकारीखेती पूर्ण रुपमा क्षति भएको गाउँपालिकाका कृषि शाखा प्रमुख पशुपतिनाथ चौधरीले जानकारी दिनुभयो । फल्न लागेका र टिपेर विक्री गर्ने तयारीमा रहेको लहरे तरकारीबाली कामै नलाग्ने गरी नष्ट भएको कृषकहरुले बताएका छन् । आफ्नो वडामा करीब १०० विघामा कृषकहरुले लगाएको तरकारी पूर्ण रुपमा नष्ट भएको पाल्हीनन्दन–५ का महेन्द्र गुप्ताले बताउनुभयो ।असिनापानीले गर्दा आफूले छ कठ्ठामा लगाएको तरकारी नष्ट भएको पाल्हीनन्दन–३ परसियाका व्यवसायिक कृषक सुरेन्द्र केवटले गुनासो गर्नुभयो । पाल्हीनन्दन–१ चम्कीपुरका भागिरथी केवटले आफूले दश कठ्ठामा लगाएको घिरौँला, प्याज, लौका, मकै, भिन्डी, धनिया पूर्ण रुपमा क्षति भएको बताउनुभयो । गाउँमा सवैले लगाएको तरकारीबाली सखाप भएको उहाँले बताउनुभयो । गाउँपालिकाले क्षतिको सङ्कलन गरी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो ।सोही ठाउँकी कृषक सैदुन नेसाले आफूहरुले तरकारीखेतीबाटै जीविकोपार्जन गर्दै आएको तर असिनापानीले सवै सखाप पारेपछि चिन्तामा परेको बताउनुभयो । यहाँका अधिकांश कृषकहरुको आम्दानीको स्रोत नै तरकारीखेती हो । कृषकको लाखौँ मूल्यको तरकारीबाली नष्ट भएपछि गाउँपालिकाले स्थलगत अनुगमन गरेको छ । वडा कार्यालयमार्फत पीडित कृषकबाट क्षतिको यकिन विवरण सङ्कलन गरेर उचित राहतका लागि पहल गरिने गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो ।
