
Bksbus5
Amb
Ssbus
syysr
Csbus
Ratbs
Pbu
Syees
Nssbus7
Jsbus
Rbs
gms
Gsbus
Ddhbs
dsbus
Gsl

Asm
Rgu
Rgs
nsb
Sls
Rgu
Hal
Bbu
Vor
Sbs
Pvg
Ksm
Rsb
Gst
Tsm
Wsp
Ssm
Bbbpu
Ggd

Syp
Abd
Rpp
Ptm
Bml
Jmb
Rmb
Mks
bbt
Pls
Jmb
sab
Gsb
बुटवल । आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंषि, समस्त श्रदेह आमाहरुमा नमन।सायद जुनले पनि अामाको सुन्दरतासंग प्रतिस्पर्धा गर्न नसकेर होला अामाको मुख हेर्ने दिन संधै अौंशिमै पर्छ।परदेश बाट छोराको फोन आउने दिन हो आज, बर्षौं पछि च्यातिएको सारी फेरिने दिन हो आज, अनि आमाको तस्बिरले फेसबुक रङ्गिने दिन हो आज ! आफ्ना सन्तानको तिरस्कार सहन नसकेर आत्महत्या गरेकि आमाको तस्बिर भित्तामा टांसेर माला झुण्ड्याइदिने दिन हो आज। आमा बन्ने एउटि नारिलाई जन्मिन पनि भाग्य चाहिन्छ। गर्भमा भएकि नारि गर्भ मै मारिन्छे उस्लाइ भाग्यले जन्मिनु पर्छ अनि आफ्न्नो भाग्यलाई धारमा राखेर सारा समाज खुःसि बनाउने कर्तब्य को बोझ बोकाईन्छ उसमा। जवानी रहुन्जेल उस्लाई राम्रो नजरले हेरिंदैन। मुनामदनको मायांलाई फ्लप पार्ने मायाको आश देखाई गिद्धले झैं लुछि लुछि यौवनको प्यास मेटाउने ब्वांसाहरु लामबद्ध भएर लाग्छन उस्को पछाडि।जन्मेको छैठौ दिन मै भाविले दुःख र कष्टहरु सहजै झेल्नु भनेर लेखिदिएको हुन्छ त्यसैले त उनी आमा हुन। हो,आज आमाको मुख हेर्ने दिन हो ! आफ्नो थर फेरेर आफ्नो घर फेरेर अनि आफ्नो भाग्य फेरेर अरुलाइ खुःसि बनाउने खुबि उनिमा छ र त उनी अामा हुन।र तिनै आमाको एउटा सिंगो जिबनको संघर्ष मात्रै सिमित रहन्छ भनेर के थाहा बिचरा तिनै अभागि अामाहरुलाई।बिन्ति छ अामाका तस्बिरले फेसबुकका भित्ता रङ्गयाएर लाइक र कमेन्टको अपेक्षा गर्नुभन्दा अाफ्नो सन्तान पर्तिको उनको अपेक्षा बुझेर खुःसि बनाऊन सक्यौं भने भगवान खोज्दै मन्दिर धाउनै पर्दैन।कम्मर मा स्वार्थ को कन्धनि अोंठमा निस्वार्थको लेप र अांखाले मायांको भेल बगाउंदा पनि शिरबाट दुःखको श्रिपेच कहिल्यै हटेन उनको त्यसैले त उनी अामा हुन।दिनभरि पसिनाले चोलि रुझाउंछिन अनि रातभरि अांशुले सिरानि भिजाउंछिन ।चिसो रैछ सिरानि भन्दा पोखिएछ पानी भनेर ढांट्छिन,अांखामा अांशु अोंठमा हांसो किन भनेर सोध्दा यस्तै हो बानि भनेर ढांट्छिन त्यसैले त उनी अामा हुन। महिनावारिको बेला कपडामा लागेको दागको लाजले शिर निहुराएर अपराधि झैं अांफुभित्र हिनताबोध गर्छिन ।अनि त्यहि रगत जम्मा भएर जन्मेको छोराले त्यिनै अामालाई बृद्धाअाश्रममा लगेर छोड्छ अनि शिर ठाडो बनाएर हिंड्छ। हो, अाज अामा को मुख हेर्ने दिन हो।बिडम्बना त्यिनै अामाहरु बृद्धाअाश्रममा छोरो अाउने बाटो हेरेर बसिरहेका छन।छोरो श्रिमति को खुःसि देखेर हांस्छ अनि अामा त्यहि छोराको मुस्कुराहट देखेर मुस्कुराउंछिन,र त उनी अामा हुन।हो, अाज एउटा रातो सारीले अामाको मुहारमा खुःसि ल्याउने दिन हो। छोराले अाज अामाको मुख हेर्ने दिन भनेर सम्झन्छ अनि अामाले परदेसबाट छोराको फोन अाउने दिन भनेर सम्झिन्छिन।उनलाई छोरासंग बोल्न फेरि अर्को अौंशि नै कुर्नु पर्छ।छोरो रुंदा अांफु हांसेको दिन,त्यहि दिनबाट नै शुरु हुन्छ उनी हांस्न,बिडम्बना त्यो हांसो बृद्धाअाश्रममा गएर पछारिन्छ।तिमिलाई भोक लाग्दा अाफ्नो छाति चुसाउने,तिमी हिंड्न नसकेर लड्न लाग्दा अंगालोको साहारा दिने तिम्रि अामा हुं म।राति नराम्रो सपना देखें भने झिसमिसे मै उठेर शहर भएको तिमिलाई अतालिंदै फोन गर्ने तिम्रि अामा हुं म ।तिमिलाई क,ख सिकाएर बिद्धान बनाएं मेरो तस्बिर संधै छातिमा राखेर हिंडनु भनेर सिकाएं तर अाज मेरा तस्बिरले फेसबुक रङ्ग्याएर तिमी कसरी बिद्धान भयौ मेरो छोरा? सेतै फुलेका केसहरु समाउंदै हिजो सम्झन्छु अनि अांखाबाट फुटेका अांशुका मुलहरु पन्छाउंदै छोरो सम्झन्छु।मलाई बृद्धाअाश्रममा छाडेर तिमी शहरमा कसरी रमाईरहेका छौ मेरो प्रिय छोरा? तिमिलाई पनि अाफ्ना सन्तानले मलाई जस्तै बृद्धाअाश्रममा छाडेर बाबुको मुख हेर्ने दिन तिमिले जस्तै तिम्रा तस्बिर ले फेसबुक रङ्गयाय भने तिमी खुःसि हुन्छौ ? मेरो प्रिय छोरा अाज अामाको मुख हेर्ने दिन के तिमी यस्को जवाफ दिन सक्छौ मलाई?कहिले तिमिलाई सम्झेर रोएं,कहिले अाफ्नो हालत देखेर रोएं,जीवन जिउने दौरानमा तिमिलाई खुःसि बनाउने कोसिस पनि नगरेकि होईन तर अाज अाफ्नो भोको पेट र रुझेका अांखाहरुले अाफ्नै तस्बिर तिम्रो फेसबुकमा देखेर रोएं।यति लामो जिन्दगिको पहिलो पाईला हिंड्न मैले साथ दिएं अाज मेरो जिन्दगिको अन्तिम पाईलामा तिमी किन म संग छैनौ मेरो छोरा।
