
Ddhbs
dsbus
Amb
Csbus
Pbu
Rbs
Ssbus
Gsl
Bksbus5
Nssbus7
gms
Ratbs
Gsbus
Jsbus

Bbbpu
Rgu
Rgs
Asm
Vor
Ggd
Wsp
Tsm
Ksm
Bbu
Rgu
Sbs
Gst
nsb
Hal
Sls
Rsb
Ssm
Pvg

bbt
sab
Pls
Abd
Rpp
Gsb
Jmb
Mks
Ptm
Rmb
Syp
Jmb
Bml
जाजरकोट। शक्ति सम्पन्न एवम् अपेक्षाकृत कमजोर र अत्यन्त कमजोर राष्ट्रहरू यतिबेला बुताले भ्याएसम्म नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ सँग जुधिरहेका छन्। सिंगो मानव प्राणीलाई चुनौती दिइरहेको उक्त भाइरसले मुलुकभरका आम मानिसहरूलाई त्रसित पारेको छ। दिन दुगुणा रात चौगुणाको दरले फैलिरहेको यो भाइरस सम्भवतः २१ औँ शताब्दीको महामारी बन्नसक्छ। सयौँ मुलुकका लाखौँ मानिसको चिहान बनायो। कोरोनाकै संन्त्रासका बिच अहिल मुलुकमा सन्नाटा छाउनुका साथै शोकमा परिणत भएको छ। काबुभन्दा बाहिर नगएको कोरोनाले नेपालको हकमा खेलाचीको उपमा पाएको छ। कयौँ मुलुकका मानव प्राणीको जीवन रक्षामाथि चुनौती थपिदिने कोभिड–१९, के हाम्रालागि खेचाली नै होला त? यो हामीमाथि तेर्सिएको एउटा गम्भीर प्रश्न हो। यस प्रश्नका खातिर हाम्रो देशमा कोरोना भाइरको जोखिमको सेरोघेरोमा सत्तापक्ष, प्रतिपक्ष र विरोधी तत्वहरूले के गर्नुपर्छ ?
सत्तापक्षः
नेपालमा सत्ताको बागडोर नेपाल कम्युनिष्ट पार्टीको हातमा छ। सत्तासिन दलका अध्यक्ष एवम् दुईतिहाइको महुमत प्राप्त सर्वशक्तिमानका विराज केपी शर्मा ओली प्रधानमन्त्रीको पदमा छन्। उनलाई कुनै माइकलालले अपदस्त गर्न सक्ने हिम्मत छैन। उनलाई अपदस्त गर्न अन्य पार्टीसँग न जनमत छ न त अरू कुनै विकल्प नै छ।यसर्थ प्रधानमन्त्री ओली पाँच वर्षसम्मकालागि सर्वशक्तिमानका विराज नै हुन।उनको बडेमान विराज भने भू–माफिया, भष्टाचार, टेप प्रकरण, यौन दुराचार र वर्तमान समयमा भयावह अवस्था निम्त्याएको नोभेल कोरोना भाइरसले रन्थन बनाई दिएको छ।रन्थन बनाई दिने उनका आफ्नै मन्त्रीपरिषदका सदस्यहरू हुन्।जसले प्रम ओलीको कुनै प्रवाह नगरी मनमौजी गरें। तीमध्ये कोही अहिले पनि पदभार ग्रहण गरेकैछन् भने कोही अपदस्तछन् । उनीहरूका कारण प्रधानमन्त्री ओली नकटो बनेकाछन्। उनको विरुद्ध चौतर्फी विरोधका स्वरहरू गुञ्जिन्छन्। सत्ताको खोइरो खन्दै सामाजिक सञ्जाल भरिभराउ देखिन्छ। विरोधी तत्वहरूले गर्न सक्ने भनेकै यही कार्य हो ल। योभन्दा अर्को विकल्प उनीहरूसँग छैन । तथापि विरोधाभासको बीचबाट पनि गर्नसक्ने अवस्था थुप्रैछन्।तीमध्ये वर्तमान अवस्थामा मुलुकभर मानव संकट निम्त्याएको कोभिड–१९ का थप्रै चुनौतीको सामाना गर्ने होइन, समाधान गर्ने हो। स्थानीय तहदेखि प्रदेश, संघ वा केन्द्रसम्म नेपाल कम्युनिष्ट पार्टीको सरकार छ।यसर्थ यो रोगको निर्मूलीकरणमा सर्वप्रथम सत्तासिन दलका अध्यक्ष एवम् प्रम केपी शर्मा ओली आफ्नो बलबुताले भ्याएसम्म अहोरात्र आफू माथहतका मन्त्री र कर्मचारी परिचालन गर्न सक्नुपर्छ। यो एउटा चुनौतीमात्र पनि होइन अवसर पनि छ। जनतालाई दुइतिहाइ सरकारको महसुस दिलाउँने समय हो।हुनत सत्तामा वा सरकार रहदा जो कोहीलाई काम गर्न मुस्किल त हुन्छ नै । प्रतिपक्षले भनेजस्तो सहज हुँदैन।कानुनी राज्यमा विधि विद्यान र कानुनमै टेकेर काम गर्नुपर्ने अवस्था छ । यसकालागि विधि संवत कार्य गर्न र गराउँन सत्तापक्ष चुक्नुहुन्न्।कानुन बमोजिम काम, कारवाही गर्न दिला भयोकि भन्ने यदाकदा जनमानसबाट गुनासो आउँछ।गुनासो, राय, सल्लाह र सुझाव आउँनु राम्रो कुरा हो। यसको आधारमा कानुनी मर्मलाई नदुःखाई कार्य गर्नसक्नु नै कानुनी राज्यको प्रत्याभुत दिलाउँनु हो। वर्तमान समयमा देखा परेको कोरोनाको चुनौती र यसले निम्त्याएका समस्याहरू जतिसक्यो चाँडो समाधान गर्न सक्नुपर्छ । यस्तो अवस्थामा बिलम्ब गर्नु राम्रो मानिदैँन।कोरोना भाइरसका कारण मुलुकभर आंशिक कफ्र्यू जारी हुनुकासाथै लकडाउन छ। जहाँ नेपालीहरूको अवस्था दयनीय बन्दै गएको पलपल सञ्चार माध्याममा हेर्न र पढ्न सकिन्छ । उनीहरूलाई जतिसक्यो चाँडो उद्दार गर्नसक्नु पर्छ। उनीहरूमा पनि हाम्रो देश हाम्रो अभिभावक भन्ने कुराको महसुसहोस्।जसरी चीनको वुहानबाट नेपाली विद्यार्थीहरूलाई उद्दार गरियो । त्यसरी नै अन्य देशमा रहेका नेपाली नाकगरिकहरूको पनि उद्दार गर्नु नेपाल सरकारको दायित्व भित्र पर्दछ । काम गर्ने सन्दर्भमा ढिला हुन्छ। यो स्वभाविक हो । तर, ज्यादैँ ढिला गर्नु हुँदैन।सरकारको हकमा भन्नुपर्दा वर्तमान समयमा उद्दार कार्य ढिलासुस्ती भएको पक्कै हो । देश बाहिर विभिन्न सिलसिलामा रहेका नेपालीहरू स्वदेश फर्कन आत्तुर छन्। केही दिन अगाडि स्वदेश फर्कन चहाने १० हजारभन्दा बढी नेपालीले स्वदेश फिर्तिकालागि अनलाइन फारम भरेकाछन् । उनीहरूलाई जतिसक्यो छिटो स्वदेश फर्काउन सक्नु सरकारको कर्तव्य भित्र पर्दछ ।भारतको दसगजा, सीमा क्षेत्र र अन्य ठाउँमा कहर काटिरहेका नेपालीको उद्दार गर्न नेपाल सरकार चुम्नु हुँदैन । यो देशका नागरिक उनीहरू पनि हुन् । गरिबी, अभाव र अन्य कुनै कारणले भारतमा रहेता पनि उनीहरूको उद्दार गर्नु राज्यको दायित्व हो । त्यस्तै भारतको धार्चुलामा क्वारेन्टाइनमा राखिएका नेपाली महाकालीमा हाम फालेर स्वदेश पुगेका नागरिकप्रति लाठीचार्ज गर्नु, मानसिक यातना दिनु र नाङ्गो तस्बिर मिडियामा सार्वजनिक गर्नदिनु सरकारको गैह्रजिम्मेवारी र लाचारिपन थियो। बरू उनीहरूलाई सम्झाई, बुझाई पुनः नेपालकै क्वारेन्टाइनमा राखिनुपथ्र्यो । त्यसरी दानवीय व्यवहार प्रदर्शन गर्नु हुन्नथ्यो।यसको सर्वत्र विरोध भएको छ। स्वदेशमै कामको सिलसिलमा घर छोडेर टाढा पुगेका मजदुरहरू पैदल हिडेर घर पुग्न पाएका छैनन्।बाटोमा सुरक्षाकर्मीको ज्याजती सहनु परेको उनीहरू आफै सुनाउँछन्।कोशौँ टाढाबाट हिडेर घर पुग्न पाएका छैनन् । उनीहरूलाई घरसम्म पुग्ने वातावरण मिलाई दिद्यएको भए सरकार सरकार नै रहेछ भन्ने महसुस गर्न पाउँथें ।यता नेपाल दोस्रो साताबाट लकडाउनमा छ । लकडाउन हुनुभन्दा केही दिन पहिले सार्वजनिक यातायात, अद्योग, कलकारखाना, विद्यालय, क्याम्पस, निजी तथा आवासिय स्कुल र विश्वविद्यालयमा पठनपाठन ठप्प हुनुकासाथै उक्त निकाय र शैक्षिक संस्था बन्दछन्। यी निकाय बन्द भएसँगै काम गर्ने मजदुर र विद्यार्थीहरूको अवस्था दयनीय बन्दै गएको छ। यतातिर सम्बन्धित निकाय वा नेपाल सरकारले ध्यान केन्द्रित गर्नुपर्दछ। विचौलीयाले वितरण गर्ने राहत गुणस्तरहीन हुनुले सर्वसाधारण, मजदुर र विद्यार्थीको स्वास्थ्यमा दीर्घकालिन असरपर्ने पक्का छ । खानै नमिल्ने म्याद गुज्रेका खाद्यन्नका कारण कोरोनाले निम्त्याउँने भयावहभन्दा बढी खतरा मोल्ने निश्चित देखिन्छ।यसर्थ उनीहरूलाई यसकार्यमा सरकारले रोक लगाउँनुपर्छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुमति र जाँचबुझ विना वितरण गरिएको खाद्यन्न हानीकारक पनि हुनसक्छ ।हामी स्वास्थ्य नै धन हो भनेर भन्छौँ । यही हाम्रो स्वास्थ्य बचाई राख्ने चिकित्सकहरूको मनोबल उच्च राख्नुको साटो उनीहरूमाथि उच्च सुरक्षा संयन्त्रबाट लाठी बजार्नु राम्रो हुँदै होइन । सुरक्षाकर्मीले पनि यो कुरा बुझ्नसक्ने क्षमता राख्नुपर्छ । उनीहरूलाई पनि त स्वास्थता चाहिएला नि ! सुरक्षाकर्मीका पनि आफ्नै पीडाछन् । सर्वसाधारणदेखि उच्च पदस्त कर्मचारी, बुद्धिजीवि, राजनीतिकर्मी लगायतले उनीहरूको पीडाबोध गर्नुपर्दछ । उनीहरू पनि मानव हुन् र राष्ट्रका पहरेदार हुन्, कुनै यन्त्र मानव होइनन् । स्थानीय तहदेखि संघीयसम्म नेकपाको दुईतिहाइको सरकार हुनुले अरू समस्या र चुनौती निर्मूल पार्नुको साटो वर्तमान अवस्थामा देखिएको नोबेल कोरोना भाइरस अर्थात् कोभिड–१९ को समस्या हल गर्न सक्नुपर्छ ।
प्रतीपक्ष
प्रतिपक्ष दल नेपाली काँग्रेस र अन्य साना राजनीतिक दलहरू यतिबेला सरकारलाई सघाउँन उदत्त हुनुपर्छ । यो समय विरोध गर्ने समय होइन । यदि उनीहरूले सरकारको विरोध गरेमा जनताको विरोध गरेको मानिन्छ। यसर्थ यी राजनीतिक दलहरूले विरोधको स्वर ओकल्नु हुँदैन । बरू सरकारसँग हातेमालो गरेर जनतासमक्ष पुग्ने अनुकुल वातारण तय गरेर आफ्नो राजनीतिक पृष्ठभूमी सुदृढ गर्दै जानुपर्छ । यो बीचमा सरकारले जनताका विरुद्ध कुनै कार्य गरे वा गराएमा प्रतिपक्ष राजनीतिक दलहरूले खबरदारी गर्न सक्नुपर्छ । तर, विरोधकालागि विरोध गर्नुहुँदैन । यो सिधैँ जनताको जीवन, स्वास्थ्यसँग जोडिएको कुरा हो । यदि प्रतिपक्षले यस्तो अवस्थामा विरोध गरेर पानीमाथि ओभानो बन्न खोज्यो भने जनताको विश्वास गुमाउँदै जानेछन् र भोली उनीहरूको पक्षमा जनमतको कमी हुनसक्छ।यसर्थ यो विरोधको समय हुँदै होइन । सहयोग गर्न नसके सल्लाह, सुझाव दिनसक्नु पर्छ ।
विरोधीहरूः
विरोधी तत्वहरू विरोधकालागि विरोध गर्ने गर्छन् । विरोध गरेर महान भईन्छ भन्ने दरिद्र मानसिकताले जकडिएका हुन्छन् । उनीहरूको रगत बग्ने नसामा पनि विरोध बगिरहेको हुन्छ । विरोध नगरेसम्म खाना पच्दैन । यसर्थ उनीहरूलाई विरोध गरिरहन दिनुपर्छ । विरोध उनीहरूको पेशा हो । हुनत लोकतन्त्रमा विरोध गर्ने चेतना हुनुपर्छ । तर, राम्रो काम र कुराको समर्थन र नराम्रोको खुलेर विरोध गर्ने छुट लोकतन्त्रमा सबैलाई छ । तथापि विरोधकालागि विरोध गर्नेका विरुद्ध कानुन सधैँ जागा हुन्छ । यसर्थ यो संकटको घडीमा विरोध गर्नेहरू खुलेआम सडकदेखि सदनसम्म गर्दछन् । तथापि उनीहरू को हुन् ? जनताले छुट्याएका हुन्छन्। उनीहरू आफू पनि गर्न नसक्ने र अरूलाई पनि गर्न नदिने सोचबाट जकडिएका हुन्छन् । विगत, वर्तमान र भविष्यको परिकल्पना विरोधाभाषपूर्ण गरेका हुन्छन् । राम्रो काम गर्नेलाई कुनै प्रशंसा र बख्याँई चाहिदैँन। तर, विरोधी तत्वहरूलाई सञ्चार माध्याम, प्रचार–प्रसार अनिवार्य आवश्यक्ता परेको हुन्छ। कमिलालाई हात्ती बनाउँने आफू नकुलका मिडिया गोजीमा बोकेर हिडेका हुन्छन् । जस्तो महाबीर पुन, धुर्मुस सुन्तली जस्तालाई मिडियाको खाँचो पर्यो र ? राम्रो काम गर्नेकालागि मिडिया खोज्दै आउँछ । तर, विरोध गर्नेका आफ्नै तख्तामा मिडिया छन् र विरोधी स्वरको प्रचार–प्रसार तत्काल हुन्छ । तथापि उनीहरूको विरोधयात्रा माइलमा होइन, मिटरमा पुगेर रोकिन्छ । र, कुनै दिन आफै निस्काम हुन्छन् ।विरोध गर्नेहरू गर्दै गर्छन् । तर, सत्तापक्षले कोरोना भाइरस एवम् कोभिड–१९ का विरुद्ध अहोरात्र संघर्षरत हुनुपर्छ । जसरी सर्वसाधारणले कोभिड–१९ लाई खेलाची सम्झेका छन् । त्यसका बेगर गाउँ–गाउँमा चेतनामूलक कार्यक्रम गर्न बिलम्ब गर्नुहुन्न् । सबैले मास्क, सेनिटाइजर प्रयोग गर्नुकासाथै नियमित साबुन पानीले २० सकेण्डसम्म मिचिमिची हात धुनु पर्दछ । यदि वैदेशिक रोजगार, भारत लगायत अन्य देशबाट नेपाल पुगेका कोही कुनै मानिस भेटेमा सुरक्षा निकायलाई खबर गरिदिनु पर्छ । यसरी सम्पूर्ण पक्ष मिलेर यो महामारीलाई भगाउँ । स्वस्थ नागरिक, स्वच्छ राष्ट्र निर्माणमा लागी परौँ ।
हालःराजनीतिशास्त्र विभाग त्रिभुवन विश्वविद्यालय, काठमाडौं ।
