
Gsl
Ssbus
Gsbus
gms
Pbu
Bksbus5

Asm
Hal
Vor
Wsp
Ksm
Tsm
Ggd
nsb
Rgu
Ssm
Rgs
Sls
Rgu
Sbs
Bbbpu
Rsb
Bbu
Gst
Pvg

Syp
Pls
Jmb
Bml
Rpp
Gsb
Rmb
bbt
Ptm
Mks
Abd
Jmb
sab
कपिलवस्तु।अहिले तराईमा गँहु, मुसुरो, तोरी, केराउ, धनिया, लसुन स्याहार्ने समय हो । किसानहरु आफ्नो खेतमा पाकिसकेको बाली स्याहार्ने जुटेका छन । कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारद्धारा लकडाउन लागू भएपछि घरमा बस्न बध्य भएका कपिलवस्तुका किसानहरु अहिले खेतमा देखीन थालेका छन । घर भन्दा बाहिर जना रोक लागेको अवास्थामा आफ्नो समयलाई अहिले खेतबारीमा दिएको पाइएको छ । किसानहरु एक मिटरको दुरी बनाएर आफनो खेतमा काम गरेको पाइन्छ ।किसानहरुले यो लकडाउनको समयलाई खेतामा काम गरेर सदुपयोग गरिरहेका छन् । खेती किसानीको समय बाहेक ज्याला मजदुरी गर्ने किसानहरु आहिले दैनिकी यतिबेला आफनो बालीनाली स्याहार्नमा बिताइ रहेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ खरेन्द्रपुरका निसार अह्मद अरुबेला गाउमा डुल्ने गरेको भन्दै लकडाउनमा आफनो खेतममा काम गरी विताएको बताउनु भयो । निसारले भने की “अरु बेला फुुर्सदमा हुदाँ साथीहरुसँग घुम्ने गरिन्थ्यो अहिले कोरोना भाइरसको त्रासले घरमै बस्ने र आफनो खेतमा काम गरेर विताएको छु ।”
त्यस्तै शिक्षा हासिल गर्न घरबहिरा गाँएका छोराछोरी लकडाउनमा घर आएकोले काम गर्न सजिलो भएको कपिलवस्तु चनईका प्रभु यादवले बताउनु भयो । छोराछोरीले यतिबेला घरपरिवारलाई सहयोग गर्नाका साथै आफूले जानेका घरेलु सीपको प्रयोग गरेर बितिरहेको भनाई रहेको छ ।
त्यस्तै भारतको बैगलोरमा शिक्षा हासिल गरिरहेका प्रकाश यादव भारतमा लकडाउन भएपनि दुई साता पहिले घर फार्किएका थिए । केही दिन क्वारेन्टाइनमा बसेका यादव अहिले घरको काममा सहयोग गरेको बताउनु भयो । अहिले गाउँघरमा खेती स्याहार्नै समय भएकाले यही काममा सहयोग गरेको छु । गाँउमा भीडभाड गरेर गफ लगाएर बस्नुभन्दा सुरक्षित भएर आफूले जानेको काम गरेर यो समयको विताएको यादवले बताउनु भयो ।
नेपाल सरकारले लागु गरेको लकडाउनको अहिले किसानहरुले आफनो खेतमा सदुपयोग गरीरहेका छन । लकडाउन लागू भएपछि अधिकांस व्यक्ती अहिले आफूले घरमा खेतबारीमा जानेको काम गरेर सदुपयोग गरिरहेका छन् ।
इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुले खेतमा काम गर्ने किसानहरुलाई खेतमा काम गर्दा एक मिटरको दुरी बनाएर काम गर्न अनुरोध गरेको छ । गरी खेत जोत्नाका लागि टेक्टर, गँहु दाँई लगाउने थे्रसरलाई समेत चलाउन अनुमती दिएको इलाका प्रशासन कार्यालय चन्द्रौटा कपिलवस्तुका प्रमुख शंकर विष्टले जानकारी दिनु भयो । प्रशासनले किसानको मर्का बुझेर काम गर्न दिएकोमा किसानहरु प्रशासन प्रति प्रसन्न देखीएका छन । यसले गर्दा किसानहरुले लकडाउनको राम्रो सदुपयोग गरेको पाइन्छ ।
