
Jsbus
Bksbus5
Ratbs
dsbus
Gsl
syysr
Amb
Rbs
Pbu
Gsbus
gms
Ssbus
Syees
Csbus
Ddhbs
Nssbus7
तित्रीको उडान

Ksm
Asm
Sls
Rgu
Pvg
Vor
Tsm
Bbbpu
Ssm
Rsb
Gst
Ggd
Hal
Sbs
Rgs
Rgu
Bbu
Wsp
nsb

Bml
Rmb
Rpp
Jmb
Jmb
Abd
Syp
Mks
sab
Pls
Gsb
Ptm
bbt
मेरो आज सबेरै निद्रा खुल्यो। मेरो छोराछोरीहरु मस्त निदाएका थिए, खानाको जोहो गर्नु थियो, यो मर्त्यलोकमा जन्म लिएपछी पेट पाल्नुनै पर्ने रहेछ।सबेरै निन्द्रा खुलेकाले अरु कोहि न उठदै खानाको जोहो गर्ने तर्खरिएँ। म आफ्नो गुडमा केटाकेटी एक्लै छाडे र उडे आहार खोज्न। मेरो गुड मानव बस्तीबाट अलि पर थियो, मानवहरु संग सह अस्तित्वमा बस्न न सकिने भैसकेको छ। मानवमा हामी प्रतीको सदभावना अनि सदाचार सुन्यप्राय भएजस्तै भान हुन्छ आजकल। मानिसहरु अत्यन्तै निर्दयी भएको देख्दा साच्ची कलियुग नै सुरुभएछ जस्तो लाग्छ मलाई। हामि अस्ति पख सङ्गै चारो खोज्दै उडेकी मेरि प्यारी सङ्गि गित्रीलाई मेरै अगाडि निर्दयी मानवको बच्चाले गुलेलीले हानेर ढालिदियो। तड्पिदै तित्री!तित्री! गर्दै बारम्बार मेरो नाम पुकारेकी मेरो प्यारी गित्रीलाई जोगाउन छाडेर म आफ्नो ज्यान बल्ल बल्ल जोगाएर भागेकी। अलि परको बृक्षमा लुकेर हेर्दै थिए, मेरो प्यारी गित्रीलाई त्यही भुत्लाएर अग्निमा पोलिरहेका थिए। धन्न मारेन दानवहरुले, मलाई नि मारेको भए, मेरो भुन्टे अनि मुन्टेको के हुन्थ्यो होला? अहिले सम्झिदा नि झसङ्ग हुन्छ। भुन्टेमुन्टेका बाबा पनि खानाको खोजीमा निस्किएका थिए,अहिले सम्म नि फर्किएका छैनन। एक्लै बैरीहरु सङ्ग भिड्दै, केटाकेटीको हेरचहा गर्नु सार्है गार्हो हुने रैछ। हे भग्वान! यो चराचर सारा सृष्टिको निर्माणकर्ता, पालनाहार तिमि हौ भने मेरो भुन्टेमुन्टेका बावालाइ फिर्ता लेराइदेउ। क्षणिक रमाइलोको लागि हाम्रो जीवनसङ्ग खेल्ने मानव रुपि दानवहरुलाई सजाय देउ। बल्ल अलि अलि गाउँ देखियो, गाउँ नजिकै पोखरी छ। त्यो पोखरि ओरिपरि प्रसस्त चारो पाइन्छ। अस्तिनै त्यो पोखरीमा पुग्दा त्यहा मेरो मित्र मस्त्य भेट भएको थियो, माछाहरुलाई सार्है दुख दिएका छन रे? पानिमा कहिले कै त करेन्ट लाएर मार्छन रे, कहिले कै त बिष हालेर पोखरीमा भएका सबै जिवको जीवन लिला नै समाप्त पार्ने रे। त्यही भएर पोखरी तिर जान नि मन न लाउने आजकल। अस्ति म मेरो गुडमा सुतिरहेको बेला तल बाध र बघेनीले कुरा गर्दै थिए। १०-१५ दिन भयो रे! बाघको डम्मरु झुकिएर खेतमा पुगेछ, बिचरालाई समातेर चिडिया खाना लागेर थुनेर रख्या छन रे। बघेनीले त्यो दिनबाट खाना न खाइ बसिछन रे। बाघले बघेनीलाई सम्झाउदै थियो। त्यो सुन्दा सरहै पिर पर्यो, बघेनी देख्दा डर ले मुटु थाम्नै गार्हो भए नि उ पनि त एक आमा हो। आफ्नो सन्तानसङ्ग बिछोड हुदाको पीडा कस्तो हुन्छ भन्ने एक आमालाई बाहेक अरु कस्लाई थाहा होला र!
मन भरी भय बोकेर अन्नको खोजीमा उडिरहेको मलाई एकासी तल गजराजको भिमकाय शरीर देख्दा दुई दिन पहिले बनमा चलेको गोलिको याद आयो। सम्झदा नि अझै शरीर थरर हुन्छ। जिउ जोगाउनै गार्हो हे दैव! मेरै गुडको तलपत्ती गोलि चलेको केही बेरमा भएको हलचलले मेरो निन्द्रा भङ्ग भएको थियो। आँखा तन्काइ तन्काइ हेर्दा त मानिसहरु बन्दुक सहित हातमा हात्तीको दात बोक्दै हिडिरहेका थिए। शरीर पनि भिमकाय भएको जनावर त मान्छे सङ्ग टिकेन भने हाम्रो त के अस्तित्व होला।
आज केही नौलो नौलो आभाष भैरहेको थियो, आकाश पनि स्वच्छ थियो, बतावरण पनि शान्त, अलि पर बगिरहेको नदिको कल्कल मन्मोहक अवाज पनि सुनिरहेको थिए। गाउँ आउन लागिसक्यो, गाउँ भन्दा अलि पर रहेको कारखानाबाट निस्किने त्यो कालो मुस्लो धुवा पनि आज निस्किएको थिएन, सार्है पिरो हुन्छ त्यो धुवा, अकाशमा उड्दा उडदै प्राण नै जान्छ जस्तो लाग्छ। हाम्रो बन पहिले यो गाउँ नजिकै सम्म थियो, तर आज गाउँ र हाम्रो दुरि धेरै टाढा भएको छ। राती राती जुनकिरी सरि मधुरा बत्ती बाल्दै आउने काठ तस्कर हरुले राती सुतिरहेको बेला बन्चरोले मेरो गुड भएको बृक्षलाई ढ्लाउदा केटाकेटि बोकि बेघर भएको म, सम्झदा पनि सार्है दुख लाग्छ।
अस्ति पानी पिउन जादा पलास्टिक अड्किएर धन्न प्राण फुकिएको थियो, त्यो मन्मोहक हरिणको। नदिमा जथाभाबी फोहर गरेर मानिसहरुले असभयताको पराकाष्ठा नै नाघिसके। आफुहरु भने खानेपानी संस्था निर्माण गरि पानी शुद्ध बनाई पिउछन हामीलाई भने पानी नि जहर सरि बनाई छाडेकाछन। कहिले आउँछ बुद्धि मनुष्यको! हामी बिना उनिहरुको अस्तित्व नै सन्कटमा छ भन्ने कहिले बुझछन।बनभोजको नाममा हाम्रो बाँस स्थलमा आएर मुटु नै थर्किने बाजा बजाएर गरि हल्ला गर्ने मान्छेहरु आज गाउँ नजिकै पुग्दा नि किन मौनता छ? हाम्रो बासस्थल फोहर बनाउने मानिसहरु किन आज उनिहरुको गाउँ नजिकै पुग्दा पनि शान्त छन। कहाँ छन ती छुद्र केटाकेटी जस्ले गुलेली आतंक मच्चाइरहन्थे। अचम्म छ बा! आज नेपाल नै बन्द भए पनि पैदल त बहिर निकिन्थे। त्यो नि छैन किन हैछ? यो त बडो अनुसन्धानको बिषय बन्यो। म गाउँ पुगिसकेको थिए, चारोको खोजीमा तर कतै पनि मानिसहरुको हलचल न देखेसी के रैछ भनेर बुझन भनी चोक चौराह तिर गए। त्यहा एउटा गाडीमा माइकिङ गर्दै रहेछन, कोरोना भाइरसको आतंकले मानव अस्तित्व नै संकट रहेको कुरा हुँदै थियो, त्यसैले सब जना भय र त्रासले घत भित्रै रैछन, कोरोनाबाट जोगिने उपाय स्वरुप मानिसको सरकारले लकडाउन घोषणा गरि बन्द् गरेको रैछ।मानव अस्तित्व समाप्त गर्ने गरि बिश्व भरी त्रास र भयको रुपमा बिकशित बएको कोरोना नामक दानव रुपि भाइरसको अन्त्यका म मन्दिरमा गै भग्वान सङ्ग प्रार्थना गरे। प्रभु! मानिसले जति अत्याचार गरेपनि हामी माथि, मानव बिना यो धर्ती कुनै मोल रहन्न। भग्वान मानिसले कोरोना माथी बिजय प्राप्त गरून्। यहि प्रर्थना गरिसकेपछी म घर घरमा पिन्जडामा मेरो साथि सुगा जसरी तड्पी तड्पी बस्थ्यो त्यसरि नै तड्पिएको स्वयम् सर्वशक्तिमान ठन्ने मानवको अवस्था देख्दा दया जागेर आयो। उनिहरुको सुस्वास्थ्यको कामना गर्दै चारो बोकि म मेरो गुड तर्फ फर्किए।
लेखक बर्दघाट ४ नवलपरासी निबासी हुनुहुन्छ
