
Ksm
Gisld
Rbs
Gmk
Sds
Pbu
mbd
Mbdvs
Anm

Vor
Bbbpu
Tsm
Asm
Hal
Rgs
Ggd
Ksm
Wsp
Rsb
Gst
nsb
Rgu
Pvg
Rgu
Sbs
Bbu
Ssm
Sls

Jmb
Gsb
Rpp
sab
Jmb
Mks
Ptm
Bml
Pls
Abd
Rmb
bbt
Syp
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट बच्नका लागि भारतले लागु गरेको लकडाउनमा ४८ नेपाली फसेका छन । रोजगारको सिलसिलामा भारतको पानीपत्त हरियाणा गएका नेपालीहरु लक डाउन लागु भएपछी अलपत्र परेका छन । अलपत्र पर्ने सबै कपिलवस्तु जिल्लाबासी हुन।
तिन दिन देखी आफुहरुले खाना समेत नपाएको कपिलवस्तु शिवराज नगरपालिका वडा नं ८ विलरहवा घर भएका मुन्ना नेपालीले जानकारी दिनुभयो । उनीहरुले आफुहरुलाई यहांबाट उद्धार गर्न नेपाल सरकारसंग माग गरेका छन । उनिहरुले भारतका प्रहरी प्रशासनसंग पटक पटक प्रयास गरेपनी समन्वय गर्न नसकेको बताएका छन । २१ दिनको लामो लकडाउनले निकै नै कठिनाई भइरहेको उनीहरुले बताएका छन ।
उनीहरुले घर परिवारमा समेत सम्पर्क गर्न नपाएकोले पत्रकार मार्फत आफनो घर भएको शिवराज नगरपालिकालाई उद्धार गर्न आग्रह गरेका छन । शिवराज नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले भारतमा फसेका नेपालीहरुको उद्धारको लागि जिल्ला प्रशासनमा जनकारी गराइएको बताए । भारतमा रहेको नेपाली दुतवासलाई समेत फसेका नेपालीलाई उद्धार गर्न अनुरोध गरेको बताउनु भयो । त्यस्तै शिवराज नगरपालिका वडा नं ९ का वडा अध्यक्ष चुर बहादुर खडका (जिवन) ले नेपालीहरुको उद्धारको लागि नगरपालिका मार्फत पहल गर्ने जानकारी दिनुभयो ।
