
Rgp
Sgp
Rgp
Dus
Asb
Ggp
Jns
lnp
Rgp
Lks
Usb
ksb
Rgp
Ggp
Lnp

lms

कोरोना भाइरस (कोभिड–१९) कारण इटालीपछि सबैभन्दा धेरैको मृत्यु भएको स्पेनमा चार नेपालीमा संक्रमण पुष्टि भएको छ ।
संक्रमित नेपाली सबै बार्सिलोनमा बस्दै आएका थिए । हाल उनीहरुको उपचार भइरहेको छ । स्पेनका लागि नेपाली राजदूत दावाफुन्टी शेर्पाले चार नेपाली संक्रमित भएबारे दूतावासमा जानकारी आएको बताइन् । यद्यपि उनीहरुको पहिचान भने नखुलेको शेर्पाले बताइन् । स्पेनमा हालसम्म कोरोनाबाट ४ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
संक्रमितको संख्यासमेत ६० हजार नाघेको छ । स्ेपनमा १० हजार बढी नेपाली रहेको गैरआवासी नेपाली संघ (एनआरएनए) ले जनाएको छ ।
