
Lnp
sbs
Pbu
Unsku
Pes
Ggp
Rgp
Djs
cjs
pku
Rgp1
Srbpu
Gfs
Sgr

Vor
Rgs
Asm
Gst
Ggd
Tsm
Ssm
Sbs
Pvg
Sls
Bbu
Ksm
Rsb
Bbbpu
Rgu
nsb
Rgu
Hal
Wsp

Mks
Rpp
Rmb
Jmb
Ptm
Gsb
Abd
sab
Pls
Jmb
Bml
bbt
Syp
कम परिमाणमा डिजेल बिक्री गरेर नापतौलमा ठगी गरेको भन्दै काठमाडौंको स्वयम्भूमा सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पलाई जरीवाना तिराइएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौं कार्यालयले स्वयम्भूस्थित हलचोक फ्यूल सेन्टरलाई एक लाख रुपैयाँ जरिवानाको निर्णय गरेको हो ।
प्रधानमन्त्री कार्यालयको विशेष सक्रियतामा १ कात्तिकमा भएको छड्के अनुगमन क्रममा उक्त पम्पको एउटा नोजलबाट बिक्री हुने डिजेल तोकिएको परिमाणभन्दा कम मात्रामा बिक्री वितरण हुने गरेको भेटिएको हो ।
१२ कात्तिकमा पम्पको विस्तृत अनुसन्धान सकेर एक लाख रुपैयाँ जरिवानाको निर्णय भएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंका अधिकृत निराजन पुडासैनीले बताए ।
उक्त पम्पले प्रतिलिटर डिजेल बिक्री गर्दा २५ एमएलसम्म कम मात्रामा डिजेल दिने गरेको पाइएको थियो ।
पम्पबारे गुणस्तर कार्यालयबाट प्राविधिकसहितको जाँचपछि जरिवाना गराएर सिल खोलिएको गुणस्तर कार्यालयले जनाएको छ ।
‘तेल चोरी गर्ने उद्देश्यले तेल वितरणका लागि राखेको मेसिनमा कुनै प्रकारको हेरफेर गरेको नदेखिएको र मेसिनकै समस्याका कारण तेल कम मात्रामा आएको देखियो,’ पुडासैनीले भने, ‘मेसिन सफा गरेर गरिएको परीक्षणमा यकिन परिमाणमै तेल वितरण सुरु भएपछि जरिवाना गरेर सिल खुला गर्ने निर्णय भएको छ ।’
प्राविधिक जाँचका क्रममा उक्त पम्पबाट तेल चोर्नकै लागि भनेर प्रणालीमा हानी पुर्याएको नदेखिएको कार्यालयको दाबी छ । सरसफाइ गरेपछि धेरै पटक गरेको परीक्षणमा यकिन परिमाण डिजेल दिन थालेको पनि कार्यालयले जनाएको छ ।
३० असोजदेखि प्रधानमन्त्री कार्यालयकै सक्रियातामा भएको अनुगमनमा काठमाडौंका थप ४ वटा पम्पले पनि कम परिमाणमा डिजेल तथा पेट्रोल बिक्री गरेको पाइएको थियो । ती पम्पहरुबारे भने अध्यनयन भइरहेको कार्यालयले जनाएको छ ।
