
Sssbus1
Ssbus
Gsl
Pbu
ssbus
Sssbus1
tssbus
Ssbus
Ssbus
nsm

Sbs
Sls
Rgs
Bbbpu
Pvg
Wsp
Rgu
nsb
Asm
Rsb
Hal
Gst
Tsm
Ggd
Vor
Ssm
Rgu
Ksm
Bbu

Pls
Jmb
Rmb
Gsb
Syp
bbt
Mks
Jmb
Bml
sab
Abd
Ptm
Rpp
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन–भदौ)मा शिक्षाका लागि मात्र २३ अर्ब ३३ करोड रुपैयाँ विदेशिएको छ ।
यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा झण्डै दोब्बर हो । सो वर्ष शिक्षाका लागि भदौंसम्म १२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको थियो । शिक्षामा ठूलो रकम विदेशिएका कारण नेपालको सेवा आय घाटामा रहेको छ ।
अर्थात नेपालमा पर्यटकले गर्ने खर्च भन्दा नेपालबाट विदेश जाने नेपालीको खर्च ज्यादै धेरै देखिन्छ । यसो हुनुमा शिक्षामा नेपालीले लैजाने रकम धेरै माथि हुनु हो ।
तथ्यांक अनुसार भदौसम्म खुद सेवा आय २५ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सेवा आय १९ अर्ब २६ करोड रुपैयाँ मात्र घाटामा थियो ।
यस वर्ष भ्रमण आय दुई महिनामा ९ अर्ब ३४ करोड रुपैयाँ मात्र छ । यो गत आवको यसै महिनाको तुलनामा ५३.९ प्रतिशत धेरै हो । तर, भ्रमण व्यय समेत ७६.५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष खुद सेवा आय उच्च घाटामा रहेको देखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
