
Lnp
Ggp
cjs
Gfs
pku
Srbpu
Pbu
Djs
sbs
Pes
Rgp
Rgp1
Unsku
Sgr

nsb
Hal
Bbu
Wsp
Sbs
Pvg
Ksm
Sls
Tsm
Ssm
Rgu
Asm
Rgs
Gst
Rsb
Rgu
Ggd
Vor
Bbbpu

Bml
Syp
Rpp
Jmb
Abd
bbt
sab
Jmb
Mks
Gsb
Rmb
Ptm
Pls
दाङ । जिल्लाका घोराही,तुलसीपुर,नारायणपुर र लमहीमा योग शिविरहरु सञ्चालनले नियमितता पाउँदै गर्दा यत्तिवेला देउखुरीको गढवा र गाउँ बस्तिहरुमा समेत योग प्रतिको आकर्षण बढ्न थालेको पाईएको छ ।
मानव जगतको शारीरिक स्वस्थताका लागि योग ध्यान र प्रणायाम निकै महत्वपुर्ण र जरुरी आवश्यकता रहेको सन्देशले गाउँ बस्तिहरुपनि योगमय बन्न थालेको पतञ्जली योग समिति दाङले जनाएको छ ।
गढवा उद्योग बाणिज्य संघको आयोजना र पतञ्जली योग समिति दाङ, महिला पतञ्जली योग समिति दाङ, युवा पतञ्जली योग समिति दाङ र पतञ्जली योग समिति लमहीको प्रबिधिक सहयोग तथा समन्वय सहकार्यमा गत बैशाख ३० गतेदेखि देउखुरीको गढवामा योग शिविर सञ्चालन गर्न थालीएको संघका अध्यक्ष खिमबहादुर बुढा मगरले जानकारी दिनुभयो । निरन्तर रुपमा योग शिविर सञ्चालन गर्न स्थानीय सरकारसंग समन्वय र सहकार्य गर्ने योजना बनाएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष बुढाले बताउनुभयो ।
मानव स्वास्थ्यलाई ध्यान दिदै तनाव मुक्त र निरोगी बन्न योग जरुरी रहेको महिला पतञ्जली योग समिति दाङका अध्यक्ष (प्रभारी) साहाना श्रेष्ठले बताउनुभयो । दिनभरको ब्यस्त जिवनबाट उत्पन्न तनाव कम गर्न र शारीरिक स्फुर्ति बढाउन योग जरुरी रहेको र यसले मानव शरीरमा लाग्ने सयौं प्रकारका रोगहरु निवारण गर्ने र शरिरमा रोग प्रतिरोधात्मक क्षमतामा अभिबृद्धि अर्थात् युम्युनिटी पावर बढाउने काम गर्छ–श्रेष्ठले भन्नुभयो ।
बिहान ४.३० देखि ६ बजे सम्म गरिने शारीरिक ब्यायाम,प्रणायाम र ध्यान नै योग हो । ब्यस्तताका कारण मानव मष्तिस्कमा आईपर्ने तनाव ब्यवस्थापन गर्न र स्वस्थ्य शरीर राख्न योग अभ्यास निकै उृपयोगी हुने भएकोले यो अभियानको सुरुवात गरिएको गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढाले बताउनुभयो । गढवा बजार क्षेत्र र आुपासका गाउँहरुबाट योग सिक्न पचासौ जना सहभागि भै रहेको उहाँले बताउनु भयो । दिनभर आफ्नो पसलमा बसेर शरिर कुजीएका ब्यवसायीहरुलाई त दैनिक योग अभ्यास निकै उपयोगी रहने उहाँले बताउनुभयो ।
योग अभ्यासले मानसीक रुपमा सकारात्मक उर्जा ल्याउने, शारीरिक स्फूर्ति बढाउने, तनाव तथा थकान मुक्त गर्ने, बिभिन्न रोगहरु निको हुने र मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमताको बिकास गर्ने काम गर्छ–पतञ्जली योग समिति दाङका प्रभारी साहाना श्रेष्ठले भन्नुभयो । दैनिक जिवनमा मानिसले प्रयोग गर्ने मिठा–मिठा खानपान र गलत खानपानले मानव शरीरमा बिभिन्न रोगहरु निम्त्याउने हुँदा नियमित योगा अर्थात् शारीरिक ब्यायाम, प्रणायाम र ध्यान गर्नाले रोगहरु लाग्नबाट बच्ने एक बलियो बिकल्प भएको अध्यक्ष श्रेष्ठले कार्यक्रममा जानकारी दिनुभयो ।
गढवामा पनि पतञ्जली योग समिति गठनः
यसैबिच गढवामा नियमित योग शिविरलाई थप ब्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्न पतञ्जली योग समिति गठन गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ६ का वडा सचिव राम नरेश यादवको अध्यक्षतामा १५ सदस्यिय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा जगेश्वर चौधरी महिला उपाध्यक्ष शिवा ओली, सचिव रोशन धिताल र कोषाध्यक्ष उमा पन्थी तथा सदस्यहरुमा अस्मिता सिंह ठकूरी, देविलाल दुधराज,सितल मानान्धर, बालीका घर्ति, सृजना भण्डारी, सिता पौडेल, देवि चौधरी, पुर्णिमा आचार्य, हनुमान चौधरी रहनु भएको छ ।
समितिको सल्लाहकारमा सकुन्तला डिसी, खिमबहादुर बुढा,ओभा पाठक,मधा न्यौपाने, शिबराज पन्थी र दुखहरण यादव रहनु भएको छ भने संरक्षकमा वडा अध्यक्ष बिर बहादुर आले र वडा सदस्य दिनमणि आचार्य रहनु भएको छ । समितिको पहलमा दैनिक योग शिविर सञ्चालन गरिने र आगामी आर्थीक बर्षमा स्थानीय सरकारसंग बजेट ब्यवस्थापन गर्न अनुरोध गरि यसलाई निरन्तरता दिने योजना बनाईएको समितिले जनाएको छ ।
