
nsm
Sssbus1
ssbus
Sssbus1
Ssbus
Ssbus
tssbus
Ssbus
Pbu
Gsl
Bs1

Rgu
Ssm
Vor
Rsb
Ggd
Gst
Bbbpu
Pvg
Sbs
Asm
Hal
Rgs
Rgu
Wsp
Bbu
Tsm
Ksm
nsb
Sls

bbt
Pls
Jmb
Abd
Syp
Jmb
Mks
Ptm
Bml
Gsb
sab
Rmb
Rpp
दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी सार्न असन्तुष्ट देखिएका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।
शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा आन्दोलनको नेतृत्व गरिरहेको छ भने स्थानीयले उनिहरुलाई साथ दिइरहेका छन् । आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका छन् । त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।
नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन शुरू गरेको बताए । उनले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने मागलाई आन्दोलनको रुपमा अगाडी बढाउने बताए । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलनकारीले बुटवलमा टायर बाल्दै गर्दै बिरोधमा उत्रिएका छन् । आन्दोलनकारीले गाडी तोडफोड समेत गरेको छ । राजधानीको विषय लामो समयदेखि विवादमा रहँदै आएको थियो । शुक्रवार प्रस्ताव पेश भएपछि सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै बुटवलमा प्रहरीको उपस्थितीलाई बाक्लो पारिएको छ ।
