Sidha Patra शुक्रबार, आश्विन १६, २०७७

दाङ । प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी तोक्ने प्रस्ताव प्रदेश सभामा पेश भएपछि बुटवलमा विरोध शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सहित राजधानी सार्न असन्तुष्ट देखिएका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले बुटवललाई प्रदेशको अस्थायी मुकाम तोकेको थियो । स्थायी राजधानी पनि बुटवल नै हुनुपर्ने माग सहित नेविसंघ सडकमा आन्दोलनको नेतृत्व गरिरहेको छ भने स्थानीयले उनिहरुलाई साथ दिइरहेका छन् । आन्दोलनकारीले प्रदेश सभाको सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डे सवार लु १ झ ४४५ नं. को स्कोर्पियो र कृषि मन्त्रालय योजना महाशाखाको लु १ झ ४२१ नं गाडी तोडफोड गरेका छन् । त्यस्तै लु १ झ ४४९ नं. को अर्को एउटा गाडी पनि तोडफोड भएको प्रहरीले जनाएको छ ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष मुक्ति पौडेलले राजधानी बुटवलबाट सार्न नदिने गरी नेविसंघले आन्दोलन शुरू गरेको बताए । उनले कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने मागलाई आन्दोलनको रुपमा अगाडी बढाउने बताए । आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले शुक्रवार प्रदेश सभामा पेश गरेको प्रस्तावको विरोधमा आन्दोलनकारीले बुटवलमा टायर बाल्दै गर्दै बिरोधमा उत्रिएका छन् । आन्दोलनकारीले गाडी तोडफोड समेत गरेको छ । राजधानीको विषय लामो समयदेखि विवादमा रहँदै आएको थियो । शुक्रवार प्रस्ताव पेश भएपछि सम्भावित आन्दोलनलाई मध्यनजर गर्दै बुटवलमा प्रहरीको उपस्थितीलाई बाक्लो पारिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]