
Sdc
Ksbus
Msbus
Rgp
Ksbus
Lnp
Asbus
Ggp
Ggp


काठमाडौँ । अब मोबाईल फोनबाट नै कोरोना भाइरस (कोभिड–१९) बारे जानकारी पाउन सकिने भएको छ।आफ्नो मोबाइलमार्फत कोरोनाबारे जान्न ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरिएको छ ।नेपाल टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत यो सुबिधा संचालन गरेको हो।यसैगरी कोरोना भाइरसबाट जानकारी लिनका लागि नेपाल सरकारका हटलाइन नम्बरहरु समेत थाहा पाउन सकिने बताइएको छ ।नेपाल टेलिकमका प्रयोगकर्ताहरुले आफ्नो मोबाइलमार्फत ३२१०० मा कल गरेर ध्वनी निर्देशन पालना गरी नेपाली भाषामा कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक विपत् सम्बन्धी विभिन्न जानकारी निःशुल्क प्राप्त गर्न सकिने छ।नेपाल टेलिकमले फोन कल गर्दा कोरोना भाइरस (कोभिड–१९) के हो, यसका लक्षणहरु, फैलिने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपायहरु र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकहरुका बारेमा जानकारी प्राप्त गर्न सकिने जनाएको छ ।
