
Ksbus
Msbus
Rgp
Asbus
Lnp
Ksbus
Ggp
Sdc
Ggp


रौतहट । प्रहरीले सामाजिक सञ्जाल मार्फत अभद्र तथा आपत्तिजनक शब्द प्रयोग गरेर गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादवलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले गरुडा नगरपालिकाका रास्वपा सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो । स्थानीय सागर यादवलाई लक्षित गरी सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
त्यस्तै,जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे । यादव माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
