
dsbus
syysr
Bksbus5
Ddhbs
Syees
Jsbus
Nssbus7
Rbs
Gsl
Gsbus
gms
Ratbs
Ssbus
Pbu
Csbus
Amb

Hal
Pvg
Tsm
Rgs
Sls
Gst
Wsp
Ssm
Rgu
Vor
Rsb
Ksm
Asm
Ggd
Rgu
nsb
Bbu
Sbs
Bbbpu

Rpp
bbt
Mks
sab
Jmb
Gsb
Jmb
Rmb
Bml
Ptm
Abd
Syp
Pls
ओ हो सरहरु नमस्कार,
रेष्टुरेन्ट छिर्ने बित्तिकैको पहिलो स्वागत रेस्टुरेन्ट सञ्चालकले गरे काउन्टरबाट नै। प्रायः जाने ठाउँ भएर नै राम्रो चिनजान थियो। चिनजान यति थियो कि कहिलेकाही त उधारो समेत दिन टाउको कनाउनथेनन साहु जि।
कान्छा ए कान्छा ….
निकै ठूलो स्वरमा बोलाए कान्छालाइ,कान्छा अर्थात उनको रेष्टुरेन्ट ” मनकामना रेष्टुरेन्टमा काम गर्ने कामदार, अन्दाजी १३/१४ बर्षको हिस्सी परेको, गालामा सिगानकै टाटो भएपनी पुक्क पुक्क गाला र पेटमा प्वाल परेको गन्जी लगाएको एउटा बालक ।
ल सरहरु बस्ने कटेज साफ गरिदे, साहु जि को आदेशलाइ चुपचाप सुनेर टाउको हल्लाउदै लाग्यो कान्छा हामी बस्ने कटेज तिर र कान्छालाइ पच्छाउदै हामी।
सर सफाइ झ्याप झुप गरिहाल्यो कान्छाले, के ल्याउ सर उसको पहिलो वाक्य यहि थियो ।
पहिले दुइटा सिखर आइस र एउटा् सुर्य चुरोट ल्याउ बाकी पछि भनुला, नारायणले अडर गरे
एकैछिनमा चुरोट पनि ल्याइहाल्यो कान्छाले र बाकी अडर दिए सागरले , १ बोत्तल खुकुरी रम,एउटा् चाउचाउ साधेको र दुई ठाउँ भुटुवा ल्याउ न अहिलेलाइ अरु मगाउदै गरौला।
सागरको अडर सुनेर मुकेशले असहमति जनाउदै भने, त्यत्रो खान सकिएला र ?
समीप बोल्यो: ह्या सकिन्छ हौ किन तर्सिएको ?
समिपको कुरा हाम्रो टिममा कसैले काट्नै सक्थेनन यहासम्म कि मैले पनि, मुकेशले जबर्जस्ति नै भएपनी सहमति जनाउदै उसोभए एउटा अण्डा चाउमिन पनि ल्याउ भनेर थप अडर दिए, मुकेश भेजिटेरियन थिए तर अण्डा चाहिँ खान्थे यसैकारण प्रत्येक बसाईमा उनी मजाकको पात्र हुने गर्थे त्यसदिन पनि त्यही नै भयो।म मोबाइलमै व्यस्त थिए खै कसको फोन आएको थियो कुन्नी , उमेरले सबैको दाइ भएपनी संगत व्यवहारमा हामी साथी जस्तै थियौ।
समीपले झर्किदै भन्यो , ह्या दाइ कति मोबाइलमा व्यस्त हो के हजुर जतिबेला पनि कहिलेकाही त मोबाइल अफ गरेरै भाइहरुसंग गफगाफ गरेपनी हुन्छ है ?
मैले हस भन्दै मोबाइल फ्लाइट मोडमा राखे र हामी पिउन थाल्यौ। एक बोत्तल रितिनै लाग्दा समीपले अर्को आधा बोतल पनि मगाउन कान्छालाइ बोलायो, नारायणले घरबाट फोन आयो हुदैन हिंड्नुपर्छ अब भन्दै असहमति जनाउदै थिए मैले जवाफ दिनै परेन समिपले नारायणलाई चुप बनाइहाल्यो र मलाई पनि पुनः पिउन सहमत गराइ छाड्यो, सागर र मुकेशले कुनै धारणा व्यक्त गरेनन। पुन नारायण बोल्यो ” धेरै नपिलाउ दाइलाइ त्यत्रो टाढा जानू छ गाडी चलाउने दाइले नै हो, मापसेमा परिएला फेरि,
नारायणलाई यसपाली समिपले जवाफ दिनै परेन, ” दाइलाइ समात्ने हिम्मत कसैले राख्दछ र यार यो क्षेत्रमा ? दाइ हिरो र डन सबथोक हो, हाम्रो दाइ अल इन वान हो” भन्दै हात अगाडी बढायो,हात मिलाउन, मैले जुठै हात मिलाइदिए मुकेशसंग। उसलाई चढिसकेको थियो, प्राय मान्छेले नशा चढेपछी नै आफुलाइ सर्वशक्तिमान ठान्ने गर्छ भन्ने कुरा लगभग प्रमाणित भैसकेको थियो। नारायणले पुन जवाफ दिए, ” मापसे नपरेपनी एकातिर लगेर ठोकदिन्छ्न अनि थाहा पाउछौ सुड्डो, समिपलाइ नारायणले बेलाबेला सुड्डो भनेर सम्बोधन गर्ने गर्थे खासमा पिएको बेला, मातेको बेला, डाइलग समिपलाइ थियो तर डाइलग फर्काए सागरले , ह्या बरु दाइले नखाएको बेला ठोक्नु होला तर खाएको बेला त मैले भगवान् आएर भनेपनी पत्ताउदिन ठोक्नुहुन्छ भनेर” सागरले यस्तरी ग्यारेन्टी लिए मानौ उनिले भबिष्य देखिसकेका छ्न । म केवल उनीहरुको कुरामा हासिरहे, पिएर सकिसक्दा लगभग ११ बजिसकेको थियो रेष्टुरेन्टको मुल गेट बन्द भैसकेको थियो र हामी बाहेक रेष्टुरेन्टमा अरु ग्राहक पनि थिएनन, हिसाबकिताब मिलाएर हामी साइड गल्लिबाट बाहिर निस्कियौ, मुकेश र नारायणलाई उनीहरुको घरसम्म पुर्याइदिए, सागरलाई घरसम्म छोड्न जानू परेन समिपको घर मेरै घर जाने बाटोमा पर्थ्यो, सागर समिपको घरमा बसे , म आफ्नो घरतिर लागे। घर पुगेर सुत्दा रातको लगभग १२ बजेको थियो कतिबेला निदाएछु पत्तै पाएन। ६ बजेतिर श्रीमती उठेर कचकच गर्दै चिया ल्याएर बेडको माथिपट्टी राखिदिदा थाहा पाए बिहान भैसकेको रहेछ। कचकच नौलो थिएन उहीँ थियो सधैं जस्तै । रक्सी पिउने राती ढिलो आउने आदतप्रतीको असन्तुष्टि । उनको कचकच चियाको चुस्कीसंगै पिउदै थिए। चिया पिएर सकेपछि घर अगाडिको धारामा हातमुख धुन निस्के, मेरो आदत म सधैं हातमुख घर अगाडिको धारामै धुन्छु नुहाउन बाथरुम गएपनी। धारामा गएर ब्रस गर्दा थाहा पाए मैले हिजो हातमा लगाएको लगभग दुई तोलाको सुनको ब्रास्लेट कता खसालेछु। कसैलाई केहि भनिन भित्र आएर बिस्तारमा हेरे छैन, कोठाको कुना कुना, दराज, लकर सबैतिर हेरिसके तर ब्रास्लेट भेटिएन। गाडी भित्र गएर पनि हेरे कत्तै थिएन त्यसपछि कसैलाई केहि नभनि हिजो राती जुन बाटो फर्किएको थिए त्यही बाटो पुनः पुगे मनकामना रेष्टुरेन्टमा कतै उहीँ पो छोडे कि भन्ने आशले। काउन्टरमा साहु जि नै थिए। एकाबिहानै म पिउन गएको थिएन यत्ती कुरा साहु जि लाई पनि थाहा थियो त्यसैले होला हिजो साझ हामिलाइ परैबाट नमस्कार गरेका मान्छेले म नजिकै पुग्दासम्म केहि बोलेनन। मैले नमस्कार गर्दै सोधे, ” साहु जि , हिजो राती हामिले यहाँ केही समान छोड्यौ र “? मेरो प्रश्न नसकिदै उत्तर आयो साहु जि को ” नाइ सर केहि छोड्नु भएन, के भयो र सर ? हाम्रो कुरा काउन्टरदेखि यस्सो अगाडी पट्टिको दाहिने तर्फ पर्ने किचनको जुठेल्नामा भाडा मस्काइरहेको कान्छाले सुनेको रहेछ। हिजो नै लगाएको उहि भुडिमा प्वाल परेको टिसर्ट लगाएको थियो। जुठै हात मेरो नजिक आएर आफ्नो देब्रे खल्तिबाट मेरो ब्रास्लेट निकाल्दै भन्यो। लिनुस दाइ मैले भेटाएको थिए हिजो, पक्कै आउनुहुन्छ भनेर साहु जि लाई पनि खबर नगरि राखिदिएको थिए । उसको हातबाट ब्रास्लेट लिदै मैले मेरो खल्तिबाट पर्स निकाले, जम्माजम्मी १६७५ रुपैया रहेछ १५०० रुपैया कान्छालाइ दिए। लौ कान्छा राख यो पैसा ” पैसा नै चाहिएको भए यो ब्रास्लेट किन फिर्ता गर्थे र ? ” यत्ती भन्दै कान्छाले मैले दिएको पैसालाई छुदापनी नछोइ , जुठो हात गन्जिमा पुस्दै छिर्यो किचन तिर नै। म स्तब्ध भए एक्छिन केही सोच्नै सकिन, गाडी स्टार्ट गरे र फर्के घरतिर। रेस्टुरेन्ट र घरबिचको लगभग २५ किलोमीटरको दुरिभरी सुनिरहे। ” दिनेश गौतमले गाएको “पैसा कसले बनायो बोलको गित, दोहोराउदै ।”
