
Amb
ksbus
Sdc


अक्षर आरम्भ सरस्वती पूजाको दिनमा
बालबालिकाको ख्याल गरौं खानपिनमा।
बालबालिकाले लिनुपर्छ उचित ज्ञान
बच्चाको जीवन व्यर्थ हुन्छ ज्ञानहिनमा।
बच्चाबच्चीलाई अभ्यस्त गराऔं सधैँभरि
असल ज्ञान सिप अनि संस्कार लिनमा।
असल संस्कार दिऊँ है बच्चाबच्चीलाई
नपरुन ती खराब संस्कारको घिनमा।
बालमैत्री शिक्षा दिनुपर्छ हाम्रा बच्चालाई
आखिर सिक्छन् ज्ञान गुन तिनले छिनमा।
तेजप्रसाद खनाल
लमही दाङ।
