Sidha Patra आइतबार, साउन २४, २०८३

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आदिवासी जनजाति समुदायको मौलिक पहिचान,भाषा, संस्कृति,परम्परा,ज्ञान र सीपको संरक्षणसँगै आर्थिक तथा सामाजिक सशक्तीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले बहुजातीय,बहुभाषिक,बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न लुम्बिनी प्रदेशको समृद्धिमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् । उनले विभिन्न आदिवासी जनजाति समुदायले पुस्तौँदेखि आफ्ना मौलिक भाषा, संस्कृति,संस्कार, परम्परा, कला,साहित्य,ज्ञान,सीप र जीवनपद्धतिको संरक्षण गर्दै प्रदेशको सामाजिक तथा सांस्कृतिक पहिचानलाई समृद्ध बनाउँदै आएको बताए ।

थारु,मगर,गुरुङ,नेवार लगायत आदिवासी जनजाति समुदायको मौलिक संस्कृति र परम्परा लुम्बिनी प्रदेशको महत्त्वपूर्ण सांस्कृतिक सम्पदा भएको भनाइ छ । मुख्यमन्त्री आचार्यले नेपालको संविधानले समानता,सामाजिक न्याय, समावेशिता,सहभागिता तथा सांस्कृतिक अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै संविधानको मर्म अनुसार सबै जातजाति,भाषा,धर्म,समुदाय र संस्कृतिको समान सम्मान,पहिचान र अधिकारको संरक्षण गर्नु प्रदेश सरकारको दायित्व भएको बताए ।

लुम्बिनी प्रदेश सरकार समावेशी लोकतन्त्र, सामाजिक न्याय र समान अवसरको सुनिश्चिततामार्फत प्रदेशको समग्र विकास गर्ने दिशामा अघि बढिरहेको बताए । विकासको प्रतिफल समाजका सबै वर्ग,समुदाय र भूगोलसम्म समान रूपमा पुग्नुपर्ने मान्यताका साथ नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा विविध समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकता दिइएको छ ।

त्यस्तै,आदिवासी जनजाति समुदायसँग रहेको परम्परागत ज्ञान,सीप,प्रविधि,भाषा,कला,संस्कृति र जीवनपद्धति अमूल्य सम्पत्ति भएको बताउँदै मुख्यमन्त्री आचार्यले आधुनिक विकाससँगै मौलिक पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]