
Sdc
ksbus
Amb


काठमाडौँ । चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि साउन २३ गतेसम्मको अवधिमा देशभर कुल ४ हजार ४ सय ८ वटा विपदका घटनाहरु भएका छन् ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा विपदका कारण कुल २०५ जनाले ज्यान गुमाएका छन् भने ५ जना बेपत्ता र १ हजार ३ सय २४ जना घाइते भएका छन् । वैशाखयता सबैभन्दा बढी मानवीय क्षति सर्पदंशका कारण भएको छ। सर्पदंशका ८ सय १ घटनामा परी ५९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी चट्याङका २३५ घटनामा २५ जना, लेक लाग्ने ५७ घटनामा २३ जना, आगलागीका १ हजार ६० घटनामा २० जना र पहिरोका ८१५ घटनामा २० जनाको मृत्यु भएको छ । मुलुकभर घटेका विपदका घटनाबाट कुल ५ हजार ४ सय ५७ परिवार प्रभावित भएका छन्। हावाहुरीका ४८० घटनामा १ हजार ३ सय ५८ परिवार र आगलागीका घटनामा १ हजार १ सय ७० परिवार प्रभावित भएका छन् ।
