Sidha Patra शनिबार, साउन २३, २०८३

विराटनगर । कोशी प्रदेशमा आधुनिक सार्वजनिक यातायात प्रणाली विकास गर्ने योजना अन्तर्गत विराटनगरमा पोडवे निर्माण प्रक्रिया औपचारिक रुपमा अघि बढेको छ ।

कोशी प्रदेश लगानी प्राधिकरण र काठमाडौं पोडवे कम्पनी प्रालिबीच भएको सम्झौतासँगै निजी क्षेत्रको लगानीमा परियोजना कार्यान्वयनको आधार तयार भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी प्रमुख डा. सरोज कोइराला र काठमाडौं पोडवे कम्पनीका उपाध्यक्ष निल भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापछि परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने जिम्मेवारी कम्पनीले पाएको छ ।

डीपीआर स्वीकृत भएपछि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । परियोजनाको पहिलो चरणमा विराटनगरको रानी भन्सारदेखि बसपार्कसम्म करिब सात किलोमिटर दूरीमा नमुना पोडवे निर्माण गर्ने योजना छ । त्यसपछि दोस्रो चरणमा सेवा पर्यटकीय गन्तव्य भेडेटारसम्म विस्तार गर्ने दीर्घकालीन लक्ष्य राखिएको कम्पनीले जनाएको छ । पोडवे प्रणाली अत्याधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित हुने दाबी गरिएको छ । राष्ट्रिय यातायात नीति तथा प्रचलित कानुनी व्यवस्थाअनुसार निर्माण गरिने यो प्रणाली सुरक्षित, छिटो र वातावरणमैत्री सार्वजनिक यातायातका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै,कम्पनीका अनुसार पोडवे सञ्चालनमा आएपछि सहरी क्षेत्रमा बढ्दो सवारी चाप व्यवस्थापन, इन्धनमा निर्भरता घटाउने, कार्बन उत्सर्जन नियन्त्रण गर्ने तथा यात्रुलाई सहज र आधुनिक सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ । विज्ञहरुले पनि वैकल्पिक सार्वजनिक यातायात प्रणालीको विकासले सहरी गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् ।

सम्झौतापछि उपाध्यक्ष भट्टराईले विराटनगरमा निर्माण हुने परियोजनालाई निजी क्षेत्रको लगानीमा सफल नमुना बनाउने लक्ष्य रहेको बताए । उनका अनुसार परियोजना सफल भए अन्य सहरमा पनि यस्तै प्रणाली विस्तार गर्ने आधार तयार हुनेछ । कोशी प्रदेश लगानी प्राधिकरणले यो परियोजनालाई प्रदेशमा आधुनिक पूर्वाधार विकास र निजी क्षेत्रको लगानी आकर्षित गर्ने महत्वपूर्ण पहलका रूपमा लिएको छ । परियोजना कार्यान्वयनले सार्वजनिक यातायातमा नयाँ प्रविधिको प्रयोगसँगै प्रदेशको आर्थिक तथा पर्यटन गतिविधिलाई समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]