
Amb
Sdc
ksbus


दाङ । राप्ती चेम्बर अफ कमर्सको चाैथो वार्षिक साधारणसभा शनिबार राप्ती गाउँपालिका वडा नम्बर ५,सिसहनियाँमा सम्पन्न भएको छ ।
चेम्बरका अध्यक्ष बसन्त बहादुर कुवर क्षेत्रीको अध्यक्षता एवम् नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेश सदस्य शंकर गाैतमको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चाैधरीको विशिष्ट आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
सो सभामा प्रमुख अतिथिको रूपमा बोल्दै प्रदेश सदस्य गाैतमले उद्योगी,व्यापारीहरुलाई नाफा कमाउने नाममा कालोबजारी नगर्न सुझाव दिएका छन् । उनले २/४ पैसाको लोभमा उपभोक्ता ठग्ने काम कसैले पनि गर्न नहुनेमा जोड दिए । उनले सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई इमानदारीता पुर्वक काम गर्न पनि सुझाव दिए । उनले बजारमा देखिने हरेक व्यथितीको नियन्त्रण गर्न अनुगमन तथा नियमन गर्न सवैको साझा दायित्व भएको बताए । साथै उनले व्यवसायीहरुलाई आत्मनिर्भर हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार समय अनुकूल आफुलाई पनि परिवर्तित हुन सुझाव दिए ।
सभामा वार्षिक प्रगति प्रतिवेदन महासचिव खेमराज अर्याल र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अर्जुन कुमार क्षेत्रीले प्रस्तुत गरेका थिए । सो अवसरमा सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी,प्रगतिनगर शहरी खानेपानी सरसफाइ तथा उपभोक्ता संस्थाका अध्यक्ष तिर्थराज ज्ञवाली,इलाका प्रहरी कार्यालय सिसहनियाँका निमित्त कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक मदन एमसी,राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारी, लालमटिया बजार व्यवस्थापन समितिका अध्यक्ष नारायण भुसाल र कृषि चेम्बर अफ कमर्सका अध्यक्ष प्रेमलाल चाैधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । चेम्बरकी दोस्रो उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले गरेका थिए ।
