
Rgp1
Pbu
Gfs
Djs
cjs
Lnp
Rgp
Sgr
Srbpu
sbs
Pes
Ggp
Unsku
pku

Rsb
Tsm
Hal
Asm
Ksm
Ggd
Sbs
Bbu
Pvg
nsb
Bbbpu
Rgu
Wsp
Gst
Ssm
Sls
Rgu
Rgs
Vor

Bml
Rpp
Pls
Ptm
Jmb
Rmb
bbt
sab
Syp
Jmb
Gsb
Mks
Abd
दाङ । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले निजि विद्यालयसंग सहकार्य गरेर अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनु भयो ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले आयोजना गरेको ५ औं खेलकुद सप्ताह समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनु भएका उपप्रमुख योगीले दक्ष जनशक्ति उत्पादन गर्नमा निजि विद्यालयहरुको पनि निकै महत्वपुर्ण भूमिका रहेको बताउनु भयो ।
विद्यालयले लमहीमा पठनपाठन शुरु गरेदेखि नै राम्रो नतिजा लिन सफल भएको भन्दै आगामी दिनमा पनि राम्रै गर्ने कुरामा आफु बिश्वस्त भएको बताउनु भयो। पढाईका साथ साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिएको प्रति उहाँले खुशी व्यक्त गर्नु भयो ।
गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीले हरेक वर्ष खेलकुद सप्ताह कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस पटकको खेलकुद सप्ताह कार्यक्रममा सैतिस वटा खेलहरु समावेश गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । कार्यक्रममा प्रथम द्वितीय र तृतीय हुने विभिन्न खेलका खेलाडीलाई विजेता खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न नृत्य प्रस्तुत गरिएको थियो ।
गोरखा ग्रुप संचालक समितिका अध्यक्ष मान वहदुर बुढाको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयका प्रधानाध्यापक लोकमान रिजालको स्वागत मन्तव्य रहेको थियो भने सहजीकरण शिक्षक प्रकाश ओली र शिक्षिका शिला रिजालले गर्नु भएको थियो ।
