श्रवण कुमार यादव शनिबार, पुष १६, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमितिमा गैँडा चुनाव चिन्हका अध्यक्ष लिलाराम यादवको प्यानलै निर्वाचित भएको छ ।

समूहको नयाँ कार्यसमिति पदहरुको नेतृत्वका लागि आज शनिबार भएको निर्वाचनमा अध्यक्ष लिलाराम यादवको प्यानलका उम्मेदवारहरु निर्वाचित भएका हुन् । निर्वाचनमा अध्यक्ष पदमा गैँडा चुनाव चिन्हका उम्मेदवार लिलाराम यादव प्रतिवादी बाघ चुनाव चिन्ह प्यानलका उम्मेदवार केशव राम यादवलाई पराजित गरेका हुन् । कुल २ सय ९३ खसेको मत मध्य लिलाराम यादवले १ सय ६४ मत पाएर निर्वाचित हुँदा केशव रामले १ सय १२ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा राम बहादुर यादव,सचिवमा बालक राम यादव, कोषाध्यक्षमा तारा विक र सहसचिवमा शेर बहादुर यादव विजयी भएको निर्वाचन संयोजक रामप्रसाद यादवले जानकारी दिए ।नव निर्वाचित अध्यक्ष लिलाराम यादवले जनकल्याण सामुदायिक वन उपभोक्ताहरूसँग प्रतिबद्धता गर्दै अबको नेतृत्व नयाँ प्रणालीबाट गर्ने बताएका छन् । उनले सरकारले यत्रो अरबौको सम्पत्ति हामीलाई जिम्मा दिएको छ तर तपाईं हाम्रोे गाउँमा औषधी खाना नपाएर यहाँ धेरै साथीहरुलाई अप्ठ्यारो परिरहेको अवस्था छ। आफूसँग दुई तिन जना साथीले समयमा भत्ता नपाउँदा दुई तिन महिनाको औषधी छुटेको पिडा सुनाउँदा आफू पनि पीडित रहेको बताएका छन्।यस्तै आफुले विगतमा धेरै सम्पत्ति जोडेको तर अहिले खिन्न,मिन्न भएको बताउँदै अब नयाँ नेतृत्व नयाँ तरिकाबाट गर्ने बताएका छन्। उनले अन्तिम मत परिणामको घोषणा गरेसँगै सो कुरा बताएका हुन्। उनले आउँदो सोमबार शिव मन्दिरमा सपथ ग्रहण गर्ने जानकारी समेत दिएका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]