सागर थापा/महेन्द्र सिंह शुक्रबार, पुष १५, २०७९

बाँके। ईलाका प्रहरी कार्यालय जमुनाह र सशस्त्र प्रहरी बल बियोपी जमुनाह नेपालगन्जले नेपाल भारत सिमामा निगरानी बढाएको छ ।

देशको राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जमुना नाकामा कडा चेकजाँच र निगारानी बढाएको हो ।ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख वरिष्ठ सइ मधाब रिजालले चेकजाँचमा कडाई र शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी अहोरात्र खटिएको बताए । बेला बेलामा तालिम प्राप्त प्रहरीको कुकुरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीले सयुत्त चेकजाँच गर्ने गरेको हातहतियार तथा लागूऔषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको रिजालले जानकारी दिए ।त्यस्तै पछिल्लो समय देशको राजनीतिक अबस्था घटनाले हातहतियारको ओसारपसार हुने सक्ने भन्दै यसलाई निस्तेज पार्न नाकामा तीब्र कडाइ गरिएको छ । नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको र दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागूऔषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण रहेको जमुनाह प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]