
Pbu
Unsku
sbs
Srbpu
Pes
Gfs
cjs
Rgp
Rgp1
Lnp
Sgr
pku
Ggp
Djs

nsb
Bbu
Rgu
Ssm
Hal
Wsp
Pvg
Vor
Tsm
Ksm
Sbs
Rgu
Sls
Bbbpu
Ggd
Rgs
Rsb
Gst
Asm

Gsb
Rpp
Jmb
Abd
Syp
Ptm
bbt
Jmb
Mks
Rmb
Bml
Pls
sab
दाङ । गत साउन ५ का दिन गढवा गाउँपालिकाको शिक्षा शाखाले पालिकाभरका सरकारी बिद्यालयका प्रधानाध्यापकहरु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु र शिक्षा सरोकारवालाहरु सबैलाई भेला गर्यो । भेलामा पालिकाभरका विद्यालयहरुको जग्गा आफ्नो नाममा नभएका कारणले विद्यालयहरुलाई समस्यामा पारेको बिषयमा गहिरो मन्थन गरियो ।
विद्यालयको नाममा लालपुर्जा नभएका कारण संघ र प्रदेश सरकारबाट प्रकाशित हुने सुचनाकालागि प्रस्तावना पेशगर्न कठिनाई भएको भेलामा बृहत्त छलफल भयो । भेलाले जनता माध्यमिक विद्यालयका अध्यक्ष युबराज पोखे्रलको संयोजकत्वमा ९ सदस्यिय सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समिति गठन गर्यो । सो समितिले निकै गहिराईमा पुगेर ठिक ५ महिना अवधीमा २५ विद्यालयहरुको कुल ९१ बिगाह ७ कठ्ठा ८ घुर जग्गा ब्यवस्थापन गरि काम सकाएर पालिकाको सभाहलमै पत्रकार सम्मेलन गरि आफूले गरेका कामहरु सार्वजनिक गरेको छ ।
सामुदायिक बिद्यालय जग्गा ब्यवस्थापन समितिले मालपोत कार्यालय लमही दाङमा जग्गा सुचिकरण गरेको बैधानीक प्रमाण गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखे्रललाई हस्तान्तरण समेत गरेको छ । जग्गा ब्यवस्थापन नभएका कारण भौतिक पुर्वाधारका लागि समस्या थियो । पुर्वाधारको अन्तरसम्बन्ध बिद्यालयको गुणस्तरसंग जोडिएको हुन्छ । बिद्यालयहरुको जग्गा मालपोतमा अभिलेखिकरण भएपछि अब ठूलो आधार भएको छ ।
लालपूर्जा प्राप्तिकालागि गाउँपालिकाबाट क्याबिनेट सम्मको पहल गर्ने छौं । जग्गा ब्यवस्थापन समितिले उदाहरणीय र ऐतिहासीक काम गरेको भन्दै गाउँपालिकाका अध्यक्ष पोख्रेलले धन्यावाद दिनुभयो । अब हामी यसैगरी नै भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरकालागि रणनीतीक योजना बनाएर अगाडी बढ्ने छौं–गाउँपालिकाका अध्यक्ष पोखे्रलले भन्नुभयो ।
यत्ति छोटो समयमा यत्तिका बिद्यालयहरुको जग्गा ब्यवस्थापन गर्न सफल भयौं । यो काम चानचुने काम थिएन यद्यपि काम गर्ने क्रममा ५ महिना सम्म स्थानीय सरकार,गाउँपालिकाका पुर्व अध्यक्ष र पुर्व सांसद एवं स्थानीय सामाजिक अभियन्ता र शिक्षाप्रेमीहरुबाट निरन्तर सहयोग पाएर सफल भएको र दस्तावेजलाई अभिलेखिकरण गर्न सकिएको जग्गा ब्यवस्थापन समितिका संयोजक युवराज पोखे्रलले भन्नुभयो । समितिले मालपोत कार्यालयमा सुचिकृत गरेका जग्गाहरुमा आधारभूत बिद्यालय बनघुस्रीको नाममा ५ बिगाह १६ कठ्ठा ४ धुर, आदर्श प्राबि बडहराको नाममा ७ बिगाह ६ कठ्ठा ४ धुर,माध्यमिक बिद्यालय पचहियाको नाममा १२ कठ्ठा,रात्री प्राबि पचहियाको नाममा १५ कठ्ठा,नमूना प्राबि महदेवाको नाममा ५ कठ्ठा, आदर्श रात्री आबि गोवरडिहाको नाममा २ बिगाह ९ कठ्ठा, सरस्वती प्राबि सुपैलाको ३ बिगाह र कालिका प्राबि पर्सेनीको नाममा १५ कठ्ठा जग्गा मालपोत कार्यालयमा सुचिकृत गरिएको जग्गा ब्यवस्थापन समितिले जानकारी दिएको छ ।
यसैगरी मदरासा अहले सुन्नत दारुसलामको नाममा ३ कठ्ठा ९ धुर,प्राबि खजरौटाको नाममा २ बिगाह १० कठ्ठा,आधारभूत बिद्यालय कक्रहवाको १ बिगाह १० कठ्ठा,माबि चैनपुरको १ बिगाह,बालकल्याण अहाधारभूत बिद्यालयको नाममा २ बिगाह १० कठ्ठा, मदरसा रामपुरको नाममा ३ बिगाह १० कठ्ठा,जनता माध्यमिक बिद्यालय गढवाको नाममा ४१ बिगाह ३ कठ्ठा ६ धुर,सरस्वती आबि चन्दनपुरको नाममा ४ बिगाह ३ कठ्ठा १६ धुर, ज्ञानज्योति प्राबि मानपुरको १५ कठ्ठा,उदय प्राबि मुसीनाकाको नाममा १५ कठ्ठा,महशेन्द्र आबि कोइलाबासको नाममा २ बिगाह,दुर्गा प्राबि खबरीनाकाको १० कठ्ठा,जनमुखि आबि रङ्सिङको नाममा १५ कठ्ठा,गणेश प्राबि चिमचिमेको नाममा ८ कठ्ठा,सर्बोदय प्राबि गढवाको नाममा १ बिगाह १० कठ्ठा र बालबुद्धि प्राबि खबरीखुटीको नाममा १ बिगाह १० कठ्ठा जग्गा मालपोत कार्यलयको अभिलेखमा सुचिकृत गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।
गढवा गाउँपालिकाका बाकी ४ बिद्यालयहरु जनता माबि कालाकाटे,रत्न प्राबि,दिपेन्द्र होमजून माबि र सरस्वती माबि गोबरडिहाको जग्गा सम्बन्धि कुनै समस्या नदेखिएको समितिले बताएको छ । जग्गा ब्यवस्थापन समितिमा संयोजक युवराज पोखे्रल र सदस्यहरुमा हुमाकान्त सुवेदी,रामसुरत यादव,हेमन्त चौधरी,गोबिन्द केसी, चित्रबहादुर रावत, अतिउल्ला मनिहार,सुब बहादुर कुमाल र राधेश्यामभ थारुकुमाल रहनुभएको गढवा गाउँपालिका शिक्षा प्रमुख श्याम बिकले जानकारी दिनुभयो ।

